सार्थक जीवन बिताएर गए देवकोटा

काठमाडौँ — ‘जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ, सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ ।’ स्व. कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारीका शब्दहरूलाई सापटी लिएर उपेन्द्र देवकोटाको जीवनलाई साक्षी राख्ने हो भने जीवनको अन्तिम सत्य भनेको नै मृत्यु रहेछ । जीवनको शाश्वत सत्यलाई बुझ्नु जोसुकैका वशमा छैन ।

सार्थक जीवन बिताएर गए देवकोटा

मर्नु भनेको भौतिक रूपमा यो संसार छाड्नु हो । मर्नुभन्दा अघि नै बुद्धिमान मानिसले सुकर्म गरेर आफूलाई आम मानिसका मनमस्तिष्कमा गहिरो छाप छाडिसकेका हुन्छन् । ‘जातस्य हि धु्रवो मृत्यु धु्रव जन्म मृतस्य च’ भन्ने गीताको जीवनवादी सोचबाट प्रभावित देवकोटाको जीवन इतिहासका पानामा लेखिनेछ । को कति लामो समय बाँचे होइन, कसले कति महत्त्वपूर्ण काम गरे भन्ने कुराले जीवनको अर्थ राख्छ । चिकित्सक उपेन्द्र देवकोटाले जीवनका ६५ वर्ष ऊर्जाशील बनाई हाइहाइमा बिताए । उनको सेवाबाट धेरैले नयाँ जीवन पाएका छन् । त्यस्तो व्यक्तित्वलाई गुमाउनु नेपाल र नेपालीलाई मात्र होइन, विश्वकै लागि क्षति हो ।
– लक्ष्मीनारायण मिश्र
बुढानीलकण्ठ–८, काठमाडौं

प्रकाशित : असार ७, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?