२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

प्रदूषित जारको पानी

काठमाडौँ — उपभोक्ताले निर्धक्कसँग उपभोग गरिरहेका जार र बोटलका पानी पूर्णरूपमा दूषित भएको पछिल्लो रिपोर्टले देखाएको छ । भर्खरै विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले गरेको अध्ययन परीक्षणले यो तथ्य सार्वजनिक गरेको छ ।

प्रदूषित जारको पानी

नेपाली उपभोक्ता कति निरीह बन्न पुगेका छन् ? दूध, तरकारी, तयारी खानेकुरा, चामल, दाल, गेडागुडी कुन त्यस्तो वस्तु छ, नेपाली बजारमा जो उपोभोक्ताले निर्धक्क खान सकुन् ? किन यतिविघ्न लापरबाही हुँदा पनि सम्बन्धित निकाय मौन बसिरहेको छ ? भर्खरै नास्टले गरेको अध्ययन परीक्षणले पिउने जार र बोटलको पानीमा दिसामा पाइने जीवाणु अर्थात् ई. कोलाई भेटिएको छ । यदि यो परीक्षण वास्तवमै सत्य सावित भएमा के उद्योगीलाई मात्र कारबाही गर्ने वा तिनलाई नियमन गर्ने हाम्रो सम्बन्धित निकायलाई पनि कारबाही गर्ने ? मुख्य प्रश्न यही छ । जबसम्म बजारमा देखिएका कुनै पनि यस्ता विषयमा सम्बन्धित उद्योगसँगै त्यसलाई नियन्त्रण गर्ने संस्था र त्यसलाई चलाउने व्यक्तिलाई कडा कारबाही गरिँदैन, तबसम्म हाम्रो बजारमा खानयोग्य वस्तु अब नपाउने निश्चित छ ।
– रामकृष्ण बराल
जोरपाटी–२, काठमाडौं

प्रकाशित : असार ७, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?