१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

किन हुन्छ, ठेक्कामा ठगी ?

काठमाडौँ — ‘ठेक्कामा ठगठाग’ समाचार पढेपछि जोकोहीलाई पनि मर्माहत बनाउँछ । विकास निर्माण कार्यका लागि हुने ठेक्कापट्टामा ७५ प्रतिशतभन्दा बढी काम समयमा पूरा नहुनाले देश विकास कुन गतिमा भइरहेको छ भन्ने प्रस्ट हुन्छ । यसले ती ठेकेदार कम्पनीहरू असक्षम छन् भन्ने पनि प्रमाणित हुन्छ । अर्कोतर्फ सरकारको नीतिप्रति पनि प्रश्न उठ्छ ।

किन हुन्छ, ठेक्कामा ठगी ?

किन समयमा काम पूरा गर्न नसक्ने ठेकेदार कम्पनीहरूलाई ठेक्का दिइन्छ ? प्रश्न धेरै छन्, तर यो प्रश्नमाथि चर्चा गरौं । मूलत: हाम्रो देशका ठेकेदार कम्पनीहरूलाई दुई भागमा बाँड्न सकिन्छ । पहिलो नम्बरमा आउने कम्पनीहरू त यस्ता छन् कि उनीहरूले नीति–नियम बनाउँछन् । कोही वडाध्यक्ष छन् त कोही सांसदसम्म भइसकेका छन् । तिनीहरूलाई कहीं र कसैले छुन सक्दैन । उनीहरू पैसा र शक्तिले मजबुत छन् । यिनीहरू आफ्नै पोल्टामा भएको शक्तिलाई प्रयोग गरी बारम्बार समयावधि बढाउँछन्, लागत बढाउँछन्, कमसल सामग्रीको प्रयोग, अग्रिम भुक्तानी लिन्छन् । उनीहरू काममा भन्दा शक्तिमा विश्वास गर्छन् । जबसम्म ठेकेदारहरूलाई नीति निर्माता बनाइन्छ र सरकार उदासीन हुन्छ, तबसम्म यो ठगी चलिरहन्छ ।
अर्कोतर्फ यस्ता ठेकेदार कम्पनीहरू छन्, जो नेताहरू नै त होइनन्, तर उनीहरूको उठबस शक्तिशाली नेताहरूसँग हुन्छ । यस्ता ठेकेदारहरू नैवेद्यस्वरुप नेताहरूलाई पैसाको बिटा चढाउँछन् र नेताहरूबाट ‘तथास्तु’को आशिर्वाद लिन्छन् । र त्यही आशिर्वादको आडमा अग्रिम भुक्तानी, कमसल सामानको प्रयोग, असीमित समयावधि लिइरहन्छन् । एउटा काम अधुरो छाडेर अर्को ठेक्का लिन्छन् । त्यसैले जबसम्म ठेकेदारहरू नीति निर्माताको ओहदामा पुग्छन् र राजनेताहरूले आफ्नो स्वार्थका लागि ठेकेदार कम्पनीलाई तथास्तुको वरदान दिइरहन्छन्, तबसम्म यस्तो ठगी चलिरहन्छ ।
– जनकप्रसाद भण्डारी
दोहा, कतार

प्रकाशित : असार ७, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?