कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तेल चोर्ने चालकलाई कारबाही होस्

काठमाडौँ — ‘तेल चोर्न नपाउँदा ढुवानी ठप्प’ समाचारले आश्चर्यचकित बनायो । नेपाल आयल निगमले लकिङ प्रणाली जडान गर्‍यो भन्दैमा तेल ट्याङ्करका चालकहरूले ढुवानी प्रक्रिया अवरुद्ध पारेर दुनियाँ अचम्मित बनाएका छन् ।

तेल चोर्ने चालकलाई कारबाही होस्

यसको सोझो अर्थ चालकहरूले यसअघि लकिङ प्रणाली जडान नहुँदा पेट्रोलियम पदार्थ चोर्ने कुरा पुष्टि हुन्छ । अब आयल निगमले कडा ‘एक्सन’ लिनुको विकल्प छैन । चाँडोभन्दा चाँडो नेपाल आयल निगमले ढुवानी प्रक्रिया ठप्प पारी सर्वसाधारणलाई सास्ती दिने चालकहरूलाई बर्खास्त गरी अहिलेसम्म तेल चोरेर निगमलाई पुर्‍याएको घाटा क्षतिपूर्ति सहित असुलउपर गर्ने प्रक्रिया चाल्नु जरुरी छ ।
– एसपी बडु
कञ्चनपुर

प्रकाशित : असार ७, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?