२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

उत्कृष्ट कवितालाई बाटो खर्च

काठमाडौँ — यो वर्षको राष्ट्रिय कविता महोत्सवका लागि जम्मा ३६ जना कविका कविताहरू वाचनका लागि छानिएका थिए । उत्कृष्ट भएकैले ती कविताहरू छानिएका हुन् भन्ने कुरामा कसैको पनि दुईमत छैन ।

उत्कृष्ट कवितालाई बाटो खर्च

यद्यपि पुरस्कारका लागि ती सबैले उत्कृष्ट स्थान हासिल गर्ने कुरा आएन । त्यसो त पुरस्कृत कवि र कविताहरूबारे वर्षेनि विवाद हुने गरेको छ । त्यो कुरो छोडौं । उत्कृष्ट ३६ मध्ये ४ जना कवि/कवयित्रीहरू पुरस्कृत भए पनि उत्कृष्ट हुँदाहुँदै पनि अरू ३२ जना बाँकी रहे । पुरस्कारका लागि योग्य नठानिए पनि वाचनका लागि छानिएका कारण खुसी हुँदै टाढा–टाढादेखि आएका कविहरूलाई कमसेकम बाटो खर्चसम्म दिएर बिदा गर्न पाएको भए धेरै राम्रो हुने थियो । आगामी वर्षदेखि यस कुरामा विचार गरियोस् ।
– अनुप श्रेष्ठ
ख्वप: इन्जिनियरिङ कलेज, भक्तपुर

प्रकाशित : असार १४, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?