कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वकप बिदाइ

काठमाडौँ — विश्वकप फुटबल सकिएको छ । यसले मनोरञ्जन मात्र दिएन, केही राम्रा सन्देश पनि दिएको छ । विश्वकप फुटबलले खेलमा अनुशासनको महत्त्व प्रस्ट्याएको छ । लिग चरणमा सेनेगल र जापान दुबैको बराबरी अंक हँुदा जापानले अनुशासित खेल (फेयर प्ले) का आधारमा माथिल्लो चरणमा प्रवेश हुनपायो ।

विश्वकप बिदाइ

यसैपाली देखि लागू गरिएको नियम भार (भिडियो एसिष्ट रेफ्री) ले पनि विश्वकप फुटबललाई मर्यादित र अनुशासित बनाएको छ । भारको सहायताले आधा दर्जन गलत निर्णयलाई सच्याइएको थियो । खेल शान्तिपूर्ण रूपमा सम्पन्न हुनु यसपालीको सफलता हो । विश्वकपका प्रबल दाबेदारहरू भनेर नाम लिइएका बाज्रिल, जर्मनी, अर्जेन्टिना, बेलायत, बेल्जियम, पोर्चुगल, उरुग्वेहरू छिटै घर फर्कनु, नाम चलेका स्टार खेलाडीहरू मेसी, नेयमारले चमत्कार देखाउन नसक्नुले फुटबलमा जे पनि हुनसक्छ भन्ने उक्ति सार्थक बनाएको छ । कसैले नपत्याएको क्रोएसिया विश्वकप फाइनलमा पुग्नु रोचक हो । कहिलेकाहीं नपत्याउने खोलाले पनि बगाउँछ भनेझैं यसपाली क्रोएसियाले विश्वलाई नै चकित पारिदियो । विश्वकप फुटबल सफलताका साथ सम्पन्न हुनु सबै खेलप्रेमीका लागि खुसीको विषय हो ।
– गोपाल देवकोटा
गौरीघाट, काठमाडौं

प्रकाशित : असार ३२, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?