तिर्दिनँ म कर

कान्तिपुर संवाददाता

काठमाडौँ — उनकै महँगा गाडी छन्, उनकै ठूला घरहामी गरिब जनताले किन तिर्नु कर ?चिल्ला–चिप्ला काम नगरी भत्ता धेरै पाउने राम्रो लाउने, मिठो खाने, भुँडी ठूलो पार्नेहिजोसम्म कंगाल थिए, थिएन जायजेथाके जादुले आजै धनी भए हाम्रा नेता ?हामीलाई हरेक चिजको हरे ! बढेको छ दरबिना सुविधाको किन तिर्नु मात्रै कर ?

भाग्यमानी भए सबै ‘सत्ता’ पाएर
हामी अभागीको रगत–पसिना खाएर
जनताबाट ‘राजा’ भए ह्वात्तै बढेर
हामी भने खिइँदा छौं भुइँमा लडेर
‘निषेधाज्ञा’ जारी गरी मारिसके तर
जति भन्छन्, त्यति हामीले किन तिर्नु कर ?

भ्रष्टाचारी पदवी पाउने, तस्कर पाउने मान
जहिले पनि तड्पिनेचाहिँं जनताकै ज्यान
हारालुछ छ ढुकुटीको, हामी भयौं दास
संघीयता यस्तै रै’छ, छैन मलाई आस ।
भन्न मन लागिरहेछ– ‘लौ जेसुकै गर
समृद्धिका लागि मात्रै तिर्छौं हामी कर
काम नगरी माड लाग्दैन, कसको छ र भर
नेता साँढे बनाउन तिर्दिनँ म कर ।

– इन्द्रकुमार श्रेष्ठ
ओखलढुंगा

Yamaha

प्रकाशित : श्रावण ८, २०७५ १०:५५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ज्ञानेन्द्रपथमा लम्किँदै सरकार !

कान्तिपुर संवाददाता

काठमाडौँ — जनताको असन्तुष्टि दबाउन जुन अभ्यास हिजोका राजा/महाराजाले गर्थे, अहिले दुई तिहाइको दम्भ पालेर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार त्यही अभ्यास गर्दैछ ।

डा. गोविन्द केसीको अनशनसँंगै महंँगी, कालोबजारी र माफियातन्त्रविरुद्ध सर्वसाधारण सडकमा आउँदा प्रधानमन्त्रीको प्रतिक्रिया, प्रस्तुति र विचारोत्तेजक अभिव्यक्ति सुन्दा लाग्छ– उनी जिम्मेवारीबोध सहितको संयमता र सद्भावको बाटो हिँड्न तयार छैनन् । प्रधानमन्त्री ओलीलाई लागेको हुनसक्छ, दुई तिहाइ प्राप्त सरकार एक्लै सबै कुराको ठेकेदार हो । दुई तिहाइ समर्थनले सरकारलाई हरेक क्षेत्रको विज्ञता र दक्षता सुम्पेको छ । चाहिनेभन्दा अधिक शक्तिशाली हुने तृष्णा ओलीमा कति रहेछ भन्ने कुरा उनले प्रधानमन्त्री भएपछि आफू मातहतको कब्जामा राखेका दर्जनौं विभाग र त्यसमा छुट्याइएको बजेटको केन्द्रीकरणले पुष्टि गर्छ ।

सायद भारत, चीनमा प्राप्त विधावारिधिलाई ओलीले मानको रूपमा होइन, अथाह ज्ञानको कमाइ बुझेका होलान् । यो बहुमत रहुन्जेल प्रबुद्ध समुदाय र नागरिक समाजको कुरा बुझ्नु वा सुन्नु जनमतको उपेक्षा हुन्छ । अर्थात नागरिकको कुरा सुन्दा दुई तिहाइको धज्जी उड्छ, आफ्नो कद होचो हुन्छ भन्ने ओलीलाई लागेको हुनसक्छ । त्यसैले आफू नेतृत्वको सरकार नै सर्वेसर्वा हो भन्ने बुझाइबाट ओली परिमार्जन हुन चाहँदैनन् । त्यसैको संकेत डा. केसीको मागप्रतिको रुखो व्यवहार र जनताको असन्तुष्टि दबाउन उनले अवलम्बन गरेको कार्यले पुष्टि गर्छ । आफ्नै जिन्दगीभरको राजनीतिक लडाइँ र जेलनेलको लक्ष्य भनिएको समाजवादलाई माफिया, तस्कर र दलालको हातमा सुम्पने ओलीको चेष्टाले गरिब, मजदुर, श्रमिक र सर्वसाधारणलाई झनै कमजोर पारेर योजनाबद्ध ढंगले धनाढ्यहरूलाई सर्वत्र लुटमा छुट दिँदै मुख मिठ्याउने वातावरण तयार गर्दैछ । सत्तारोहणको ६ महिना नबित्दै दम्भ, अहंकार र घमन्ड मिश्रित आफ्नो असली रूप देखाउन उद्यत प्रधानमन्त्रीले पनि बुझेकै हुनुपर्छ कि जनता कसैको रैती थिएनन्, होइनन् र हुने छैनन् । उनलाई प्राप्त दुई तिहाइको समर्थन अनन्तकालका लागि होइन, बरु एकपटक काम गर्ने ऐतिहासिक मौका हो ।

– निरोज खड्का
लिखु तामाकोसी–३, रामेछाप

प्रकाशित : श्रावण ८, २०७५ १०:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT