१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

हरियो रंगको उल्लास

कान्तिपुर संवाददाता

काठमाडौँ — हाम्रा कतिपय चाडपर्वलाई विभिन्न रंगले उत्कृष्ट, उल्लासमय बनाउने गर्छन् । दसैंमा नयाँ रंगीविरंगी कपडा र रातो अक्षता, भाइतिहारको सप्तरंगी टीकादेखि होलीको रंग–उत्सव साथै महिला केन्द्रित साउनको हरियो रंग सबैमा आ–आफ्नै विशेषता छन् । झन्डै २ दशक अघिबाट बढी आकर्षक बन्दै आएको साउने उत्सव विशिष्ट बनेको छ ।

हरियो रंगको उल्लास

नेपाल लगायत भारत, पाकिस्तान, जापानजस्ता देशमा घर–गृहस्थी सञ्चालनमा महिलाको योगदान झन्डै ८० प्रतिशत रहेको बताइन्छ । घरायसी कामसँग जोडिएको अत्यधिक परिश्रम र बेफुर्सदी जीवनले महिलालाई थकान र तनावग्रस्त नबनाउला भन्न सकिँंदैन । यता साउनको अविरल वर्षा र प्रकृतिको मोहक रंग धरतीको आभूषण बनिरहँदा तनावबाट मुक्ति पाउने हेतुले प्राकृतिक हरियालीसँग तादात्म्य राख्दै महिलाले रोजेका हरिया चुरा, पोते, टीका र पहिरनले सिंगो मुलुकको गरिमा बढाएको छ । यहाँनिर भन्नुपर्ने हुन्छ– प्रत्येक रंगले अनगिन्ती अमूक भाषा बोलिरहेको पाइन्छ । हरियोलाई सौम्य, प्रकृतिपरक, शालीन र खतरामुक्त रंगका रूपमा चित्रण गर्न सकिन्छ । एकातिर हिन्दु परम्परा अनुसार साउन महिना शिव–आराधनाको सर्वोत्तम समय मानिएको छ भने अर्कोतिर विवाहित महिलाको हरियो अलंकार आफ्ना पतिको दीर्घजीवनको कामना गर्ने सन्दर्भसँग जोडिंँदा पारिवारिक सुख–शान्तिको निम्ति यो समय अरू महत्त्वपूर्ण बनेको छ ।
– भुवनेश्वर शर्मा
चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : श्रावण १६, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?