१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सिन्डिकेट हटेको भ्रम

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो समय धेरै विरोध र असहमतिको सामना गरेर भए तापनि यातायातमा सिन्डिकेट अन्त्यको निष्कर्षबारे सरकार आक्रामक रूपमा प्रस्तुत भएको थियो । यसबाट हौसिएर सरकारले शिक्षा, राजनीति, व्यवसाय, स्वास्थ्य, राज्यसत्ता सिन्डिकेट तोड्नुपर्छ भन्ने मनसाय आम जनतामा प्रस्फुटित भयो ।

सिन्डिकेट हटेको भ्रम

सिन्डिकेट प्रणालीको वरियता क्रमबारे समयानुकूल सन्देश प्रवाह हुने अवसर प्राप्त भयो । वरियतालाई दृष्टिगत गर्दा यातायातको ‘स्टाटस’ प्रथम, शिक्षाको सिन्डिकेट द्वितीय र अन्य हरेक क्षेत्रका सिन्डिकेट पनि जब्बर रूपमा प्रतिस्थापित रहेको प्रस्टियो । सिन्डिकेट सम्बन्धित समाचारहरू राजनीतिक उचार–चढालाई उछिन्दै अघि बढ्न पाएका मात्र थिएनन्, राजनीतिक शक्तिहरूको गन्ध पनि मिसियो । यातायात व्यवसायीको आन्दोलन र विरोधलाई तितर–बितर गरेर मात्र होइन, यातायात व्यवसायी संघका पदाधिकारीहरूलाई समातेर भए तापनि सरकारद्वारा यातायातको सिन्डिकेट अन्त्यबारे घोषणा गरियो । फलत: अन्य क्षेत्रमा जब्बर बनेर बसेका सिन्डिकेट पालैपालो किनारा लगाइने भन्ने आसमा आमजनता विश्वस्त हुनथाले । तर दुर्भाग्य, अन्य क्षेत्रको कुरा छाडौं, यातायातको सिन्डिकेट अन्त्यको घोषणा पनि कागजमै मात्र सीमित भयो ।
– ऋतिक यादव
सिम्रौनगढ–१०, बारा

प्रकाशित : श्रावण २४, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?