कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

फोहोर कहिले हट्छ ?

कान्तिपुर संवाददाता

काठमाडौँ — १०० दिनमा १०१ काम गरेर देखाउने चुनावी वाचा गरेका काठमाडौं माहानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको पहिलो प्रतिबद्धता सहरलाई सफा, स्वच्छ र हरियाली बनाउने थियो । उनी मेयर भएको डेड वर्ष बितिसक्यो । काठमाडौं उपत्यकाको फोहोर चोक र गल्लीमा छ । फोहोर व्यवस्थापन चुनौतीपूर्ण काम हो ।

फोहोर कहिले हट्छ ?

चुनौतीपूर्ण कामले मान्छेलाई आफ्नो क्षमता र दक्षता प्रदर्शन गर्ने अवसर दिन्छ । मेयर शाक्य अवसर उपयोग गर्न चुकेका छन् । जाने मोहोर नजाने फोहोर भन्ने उक्ति त्यतिकै प्रचलनमा आएको होइन । काठमाडौं उपत्यकाको फोहोरलाई प्रांगारिक मलका रूपमा प्रयोग गर्न सकिए अर्बौं रुपैयाँ मल खरिदको नाममा विदेश जादैनथ्यो । स्वदेशमै मल कारखाना खोलेर युवालाई रोजगारी दिन सकिन्थ्यो । कृषि उत्पादनमा वृद्धि ल्याउन सकिन्थ्यो । रासायनिक मलरहित खेती विकास गर्न सकिन्थ्यो । हामीले फाल्ने फोहोरलाई कुहिने र नकुहिने गरी अलग गर्नसके कुहिने वस्तु मल हुन्थ्यो । नकुहिने वस्तु रिसाइकल गरेर भाँडाकुँडा सामग्री बनाउन सकिन्थ्यो । मलको माग बढ्दै जाँदा फोहोर कहाँ लाने र कसरी खन्याउने भन्ने समस्या हँुदैन्थ्यो । राम्रो आम्दानीको स्रोत फोहोरलाई उपयोगमा ल्याउन मेयरले समय छँदै काम नथाले काठमाडौं उपत्यकामा फोहोरले महामारीको रूप नलेला भन्न सकिन्न । महानगर यार्ययोजना सहित दृढ लक्ष्यका साथ बढेमा फोहोर मोहोरमा बदलिन्छ ।
– पुरुषोत्तम घोरासैनी
बालाजु– १६, काठमाडौं

प्रकाशित : श्रावण ३१, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?