घटनाको अतिरञ्जन

कान्तिपुर संवाददाता

काठमाडौँ — साउन २९ गते कान्तिपुरमा प्रकाशित उपसचिवमाथि हातपात प्रयाससम्बन्धी समाचारले म अन्यायमा परेको महसुस भएको छ । पीडक र पीडितको बयानका आधारमा समाचार बनाउनुपर्ने होइन र ? तर यहाँ न पीडकलाई थाहा छ, न त पीडितलाई । आफूलाई थाहै नभएका समाचार आइरहेका छन् ।

घटनाको अतिरञ्जन

पीडित भनिएका उपसचिव ऋषि आचार्यलाई फोन गरेर बुझ्नुहोस्, हातपात भएको छ कि छैन । उहाँले सामान्य भनाभन भएको हो भन्दाभन्दै गलत प्रचार भएको छ । प्रशासन शाखाका कर्मचारीलाई सोध्दा थाहा हुन्छ, नेत्र गिरी र जुम्लाका १,२ जना पीडित कर्मचारीबाहेक अरूका विषयमा सरुवाका लागि मैले कहिल्यै धाएको छैन ।


पूर्वएमाले निकट कर्मचारी संगठन र जिल्लाको गुटबन्दीको सिकार म बन्दै आएको छु । विगतमा कांग्रेससँग मिलेर मलाई जुम्लाबाट खोटाङ सरुवा गरियो । अहिले सामान्य घटनालाई अतिरञ्जित गरिएको छ । कर्मचारीले कर्णालीको आफ्नै जिल्लामा जान्छुु भन्न नपाउने ? न भन्सार हो, न श्रम, न त अध्यागमन । आफ्नो गाउँपालिका जान्छु भन्दा झुलाउने असली पीडित कि सामान्य प्रशासन मन्त्रालय ? कि हामी कर्णालीका मान्छे ? उपसचिव ऋषि आचार्यले हातपात भएको हो भनेछन् भने जस्तोसुकै सजायको भागिदार बन्न तयार छु । पीडा टुलुटुलु हेरेर बस्ने, मनमा लागेको कुरा भन्नै नपाइने हो र ?
– जीवन भण्डारी
उपाध्यक्ष, नेपाल निजामती कर्मचारी संगठन

प्रकाशित : श्रावण ३१, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?