कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सल्लाहकार फेर्ने कि प्रधानमन्त्रीज्यू !

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारको ५ महिनाको कार्य सम्पादनबाट जनता खुसी छैनन् । जनतालाई प्रत्यक्ष फाइदा पुग्नेभन्दा प्रत्यक्ष मारमा पर्ने कुराले जनता निराश भएका छन् । ठूला योजनाभन्दा तुरुन्त परिणाम दिने विषयले मात्र जनतालाई सकारात्मक प्रभाव पार्न सक्छ । अहिले बढेको करको भारले जनता आक्रान्त छन् ।

सल्लाहकार फेर्ने कि प्रधानमन्त्रीज्यू !

बजेट भाषणबाट करको दर र दायरा बढाइएको थियो । स्थानीय सरकारले पनि आफूखुसी कर बढाएका छन् । यसले जनतामा सरकारप्रति आक्रोश बढाएको छ । यो विरोध समूहलाई विरोधका लागि मसला बनेको छ ।


प्रधानमन्त्री केपी ओलीले ढिला गरेर भए पनि डा. गोविन्द केसीसँग सम्झौता गराए । अब करको दर र दायरा घटाएर भए पनि जनताको आक्रोश घटाउनैपर्छ । विरोधी जनमत बन्दै गए सरकारलाई काम गर्न कठिन हुनसक्छ । प्रधानमन्त्री ओलीले सल्लाहकारको टिम मजबुत बनाउनुपर्ने देखियो । इमानदार र कुशल व्यक्तिलाई सल्लाहकार बनाइनुपर्छ । भोलि काम गर्न नसकेको सम्पूर्ण दोषको भारी प्रधानमन्त्रीमै हुने भएकाले बेलैमा सजग हुनुपर्छ । प्रधानमन्त्री असफल हुनु भनेको मुलुक पछि पर्नु हो ।
– पूर्ण ओली
चावहिल, काठमाडौं

प्रकाशित : श्रावण ३१, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?