१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

नेकपामा दौडधुप

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले र माओवादी केन्द्र एकीकरण गरेर बनाइएको नेकपामा प्रदेश र स्थानीय कमिटी गठनको तयारी अन्तिम चरणमा छ । तत्कालीन एमाले र माओवादीमा विभिन्न जिम्मेवारीमा रहेका नेता, कार्यकर्ता आफ्नो पद ग्यारेन्टीका लागि दौडधुपमा सक्रिय देखिन्छन् ।

नेकपामा दौडधुप

पार्टी एकतापछि कार्यकर्ताको जिम्मेवारी बाँडफाँडमा विशेष ध्यान दिएर कुशल व्यवस्थापन गर्न सकिएन भने असन्तुष्टि कार्यकर्ताको संख्या बढ्दै जान सक्छ । यसले पार्टी र सरकारको समृद्ध नेपाल निर्माणको अभियानमा असर पार्न सक्छ । पार्टीले क्षमता, योग्यता र क्रियाशीलताका आधारमा जिम्मेवारी दिन सक्नुपर्छ । नयाँ नेता–कार्यकर्तालाई प्रोत्साहन गर्न सक्नुपर्छ । केही नेताको मात्रै सम्पर्कमा बसी व्यक्तिगत सहयोग गरिरहनेलाई महत्त्वपूर्ण जिम्मेवारी नदिने, बीसौं/तीसौं वर्ष एउटै कमिटी अनि एउटै जिम्मेवारीमा बसिरहने तर चलायमान नहुनेलाई कार्यकारी कमिटीमा नराख्ने विधि अपनाउनुपर्छ । जसरी पार्टीको चुनाव चिह्न सूर्यले समान रूपमा किरण छर्छ, नेकपाले पनि नातागोता, निकटता नहेरी समान व्यवहार गर्नुपर्छ ।
– हीरालाल विश्वकर्मा
लमजुङ

प्रकाशित : श्रावण ३१, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?