सिक्टामा लापरबाही

कान्तिपुर संवाददाता

काठमाडौँ — भ्रष्टाचारको जालो कति मजबुत हुँदोरहेछ भन्ने सिक्टा सिँचाइ आयोजनाको क्षतविक्षत नहरले छरपस्ट पारेको छ । राष्ट्रिय गौरवको आयोजनामा भएको अनियमितताका समाचार सञ्चार माध्यममा दिनैजसो समाचार आइरहँदा सरकारी निकाय मौनता साँधेर बसेको छ ।

सिक्टामा लापरबाही

सामान्य नागरिक आफ्नो घर निर्माणमा भएको सामान्य त्रुटिका लागि इन्जिनियरको अघिपछि लाग्दै नगरपालिका पुग्नुपर्छ । त्यसपछि इन्जिनियरबाट गुणस्तरसम्बन्धी भाषण सुन्नुपर्छ । १४ अर्बको सिक्टा आयोजनामा भने बेहाल छ । के नहर आयोजनाले बिना इन्जिनियर निर्माण गरेको हो ? ठेकेदार त देश निर्माणका लागि काम गर्न होइन, कमाउन आएको हो । सरकारले उसलाई कानुनी दायरामा ल्याउनुपर्छ । सिक्टा सिँचाइ आयोजनामा केन्द्रका नेतादेखि स्थानीयसम्म चुपचाप देखिएका छन् । जनआवाजको यहाँ कदर हुँदैन । हाम्रा सरकारी निर्माण कार्यको मुहार हो, सिक्टा सिँचाइ आयोजनाको नहर निर्माण । नहर भत्केको देख्दादेख्दै सम्बन्धित निकाय ‘तैं चुप मै चुप’ बस्नुले नियमकानुनको खिल्ली उडाएको छ । के अख्तियारको ध्यान यसमा जाला ?
– रामकृष्ण बराल
जोरपाटी– २, काठमाडौं

प्रकाशित : श्रावण ३१, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?