३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

प्रेसमाथि अंकुश अमान्य

काठमाडौँ — राज्यले मुलुकी ऐन प्रतिस्थापन गरी अपराध संहिताअन्तर्गत प्रेसमाथि अंकुश लगाउने कानुन तर्जुमा गरेको छ । यसले प्रेस स्वतन्त्रता कटौती गर्छ । यतिबेला जनतामा सरकारी निकायबाटै ब्यापक अन्याय भैरहेको छ ।

प्रेसमाथि अंकुश अमान्य

लोकतन्त्रलाई मजबुत र सबल गर्नुको साटो वाक् स्वतन्त्रतामाथि क्रमिक रूपमा सरकारले एकपछि अर्को अंकुश लगाउँदै जानु राज्यको निरंकुशतातर्फको पाइला हो । प्रेसलाई व्यवस्थित र प्रशिक्षित नगरी निर्मित यस्तो कानुनले प्रेस स्वतन्त्रतामा अंकुश लगाउँछ । यो अंकुशबाट पत्रकारमाथि राजनीतिक दुश्मनी साँध्न सत्ताधारी राजनीतिक दललाई सहज हुन्छ । यसलाई प्रेस जगतले कुनै हालतमा मान्नु हुँदैन । मान्ने छैन ।
– राजेश विद्रोही
लहान, सिरहा

प्रकाशित : भाद्र १, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?