सिंहदरबारभित्रै अराजकता

काठमाडौँ — सिंहदरबारको वल्लोतिर प्रधानमन्त्री केपी शर्मा ओली शासन गरेर बसेका छन् । पल्लोतिरको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा झण्डावाल ट्रेड युनियनको भाटा बोकेर खुलेआम आफूभन्दा माथिल्लो निकायमा आसिन अधिकृतमाथि भनेजस्तो सरुवाको सेटिङ नमिलाइदिएको झोँकमा पदाधिकारीहरू नै हातपात गर्छन् भने त्योभन्दा अनुशासनहीन, अराजक र लाजमर्दो घटना अर्को के होला ?

सिंहदरबारभित्रै अराजकता

नेपाली राजनीतिको नकारात्मक पाटोले त्यस्तै कार्य गर्न प्रेरित र प्रशिक्षित गराएको छ । युनियनका नाममा जस्तासुकै गैरजिम्मेवार बनेर औद्योगिक कलकारखानामा आन्दोलन, बन्द, हडताल वा अनुशासनहीन पदीय मर्यादा बाहिर गएर कार्य गर्नेहरूले छुट पाएझैं यिनलाई पनि छुट दिने हो भने अराजकता अझ मौलाउनेछ । कालान्तरमा राजनीतिका राता रङ्गले कलात्मक पेन्ट गरी पञ्चखत माफ गर्न अदालतलाई आदेश दिएर महान कार्य गरे/गराएका भनी पुरस्कृत गराइएका उदाहरण दुनियासामु जगजाहेर भएकाले यिनलाई कारबाही हुनुहुन्न पनि भनिँदैछ । एउटा सरकारी कर्मचारीले माथिल्लो ओहदाको अधिकृतलाई कार्यालयभित्रै नितान्त निजी विषयमा झ्याप्प समातेर झाङ्गलझुङ्गल पार्दै
झाँको झार्ने अधिकार कहीं छ भने नेपालमा छ । के गरून् बिचरा उनी भागेछन् र ज्यान जोगिएछ । कुटिनु पनि छ, भाग्नुपर्ने बाध्यता पनि छ । केही गरी कारबाहीका निम्ति
गुहार मागौं भने युनियनका अगाडि एउटा कमजोर हाकिम आफंै सिद्धिने डर ।
– श्यामसुन्दर कुइँकेल
हाँडीगाउँ, काठमाडौं

प्रकाशित : भाद्र १, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?