बजार अनुगमन चाहियो

काठमाडौँ — २०७५/०७६ को बजेटमार्फत सरकारले सबै वस्तुमा ५/१० प्रतिशत कर वृद्धि गरेपछि व्यापारीहरूले मनोमानी ढंगले सामानमा मूल्यवृद्धि गरेका छन् । ५ महिनामा ५ पटक इन्धनको भाउ बढ्ने गरेको छ ।

बजार अनुगमन चाहियो

दैनिक रूपमा उपभोग गर्ने तरकारी, चामल, दाल, चिनी लगायत वस्तुहरू बजारमा जथाभावी मूल्य तोकेर बेच्दा सरकार मूकदर्शक छ । चाडपर्व नजिकिएका मौकामा दैनिक उपभोग्य वस्तु, लत्ताकपडा दोब्बर–तेब्बरमा व्यापारीले बेच्ने संस्कार बनेको छ । जिम्मेवार निकायले अनुगमनमा ध्यान नदिँदा व्यापारीहरूको मनोमानी बढेको हो । व्यापारीले कालोबजारी गर्दा, दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना हुँदा, तरकारीको भाउ महंँगिँदा, तेलमा मिसावट गर्दा, सामानहरूको तौलमा ठग्दा उपभोक्ता मारमा पर्छन् । त्यसकारण सरकारले अनुगमनमा सक्रिय हुन आवश्यक छ । स्थानीय सरकारले कार्यविधि र संयन्त्र निर्माण गरी
बजार अनुगमनमा जुट्नुपर्छ । दोषीलाई कारबाही गर्नुपर्छ ।
– तेजेन्द्र चौधरी
कुपन्डोल, ललितपुर

प्रकाशित : भाद्र १, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?