विद्युतीय ज्ञानगृह खोलौं

काठमाडौँ — ज्ञान त्यस्तो वासलात हो, जुन जति बढ्दै जान्छ, त्यति ऋणात्मक हुन्छ । अर्थात मान्छे जति ज्ञानी हुन्छ, उतिमात्रै उसलाई ऊभित्रको अज्ञानताको जानकारी हुन्छ । त्यसैले विद्युतीय पुस्तकालय निर्माणको महाअभियान चलाउन हामी हाम्रै तहबाट जागांै । ज्ञान दियालो हो भने दियालो जोगाइराख्न अलिकति घिउ वा तेल हामी आफैंले थपौं ।

विद्युतीय ज्ञानगृह खोलौं

देशका सबै स्थानीय तहमा इन्टरनेट सुविधा पुगेको छ । इन्टरनेट सेवाले संसारलाई एउटा गाउँजस्तो बनाएको छ । यस्तो गजब अवसरलाई हामीले किन सदुपयोग गर्न नसक्ने ?


छोराछोरीलाई गृहकार्य गराउँदा कतिपटक आफैं नजानेर स्कुलमा सरसंँग सोध भनेर टारेका छौं । त्यो भनेको हामीसँंग ज्ञानको अभाव हुनु हो । त्यसैले हरेक वडामा पायक पर्नेगरी एउटा सार्वजनिक विद्युतीय पुस्तकालय निर्माण गरिहाल्नुपरेको छ । पुस्तकालय निर्माणको लागि निकै ठूलो बजेट आवश्यक पर्दैन । सूचना प्रविधिसँग जोडिने उपकरणबाहेक अरू सबै तपाईं–हाम्रो तहमै उपलब्ध छ । पुस्तकालय स्थापनार्थ जग्गा सरकारी जग्गा वा स्थानीय समाजसेवीले प्रदान गर्न सक्छन् । भवन निर्माणका लागि ढुंगा तथा माटो प्रयोग गर्न सक्छौं ।


फर्निचरका लागि सामुदायिक वनसँग समन्वय गरी बूढा रुख काटौं । स्थानीय बास तथा खरको प्रयोग गरेर छाना बनाउन सकिन्छ । खरको छानाले वर्षातमा ध्वनि प्रदूषण गराउँदैन । भवन निर्माण गरेपछि प्रविधि उपकरणका लागि केही बजेट छुट्यायौं भने आमा–बुबा, दिदी–बहिनीहरूले इन्टरनेटको डिजिटल सेवा प्रयोग गर्ने अवसर पाउनेछन् । इन्टरनेटले उपलब्ध गराएका सबै खाले रंगिन सुविधा उनीहरूले उपभोग गर्न पाउनेछन् ।


संसारले भोगे, व्यहोरेका सबै खाले ज्ञानमा हाम्रो पनि अधिकार छ । आफ्नै स्थानीय स्रोतको सामान्य प्रयोग गरेर यति विशाल रंगमञ्च प्राप्त गर्न सक्छौं । ज्ञानको महासागर मानीने विद्युतीय पुस्तकालय स्थापनार्थ आजै आफ्नो ठाउँबाट साना–साना प्रयास गरौं । समृद्धिको वाहक शिक्षा वा ज्ञान स्थापना गर्न आफ्नो वडा कार्यालयलाई दबाब दिऔं ।
– कृष्ण रिमाल
कुश्मा– ९, पर्वत

प्रकाशित : भाद्र ४, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?