कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीको मधेस दृष्टि

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले भदौ २ गते प्रदेश नं. २ को प्रदेशसभालाई सम्बोधन गरेर संविधान संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ओलीका कट्टर आलोचक उपेन्द्र यादवलाई सत्तामा भित्र्याएर मधेसको राजनीतिक यात्रालाई सहज बनाएका ओलीले बितेका ६ महिनामा मधेसका लागि केही गर्न नसके पनि बाँकी ९ वटा ६ महिना मधेसकै हितमा खर्च गर्ने उद्घोष गरेका छन् ।

ओलीको मधेस दृष्टि

मधेस र मधेसी जनतालाई रिझाएर आफ्नो पार्टीको पकडलाई पुरानै स्थितिमा पुर्‍याएर प्रदेश नं. २ मा पनि बलियो उपस्थिति जनाउने प्रधानमन्त्री ओलीको मनसाय देखिन्छ । अब विभिन्न बहानामा मधेस र मधेसी जनतालाई आतंकित पार्दै आन्दोलनको रटान लगाएर वातावरण धमिलो पार्न छाड्नुपर्छ । एकले अर्कोको अस्तित्व स्वीकार्दै मधेसमा अधुरा रहेका विकास निर्माणकार्य तीव्रता दिनसके आममधेस र मधेसी जनताको हित हुनसक्छ ।


संविधान अपरिवर्तनीय होइन । जनता र राष्ट्रको आवश्यकता र माग अनुसार समय–सापेक्ष परिवर्तन गर्न सकिन्छ । संविधान धर्मशास्त्र जस्तो जड नभएको प्रधानमन्त्रीको अभिव्यक्ति सकारात्मक छ । अब मधेस केन्द्रित दलहरूले समग्र देशकै भलो चिताएर नेपाली जनताका हितका लागि दीर्घकालीन सोच राखेर अघि बढ्नसके मुलुकले काँचुली फेर्छ । राजनीति जनताको दिनचर्या सहज बनाउन उपयोगी सिद्ध हुन सक्नुपर्छ । कष्टकर जीवन बिताइरहेका नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारको सहज व्यवस्थापन राजनीतिक नेतृत्वको दायित्व हो । प्रधानमन्त्रीले सबैलाई समान दृष्टिले हेरेर मधेसको विकासलाई चासो दिएर बढ्न खोज्नु सकारात्मक हो । मधेस केन्द्रित दलहरूले यसमा साथ दिनुपर्छ ।
– यज्ञराज न्यौपाने
पेप्सिकोला, काठमाडांै

प्रकाशित : भाद्र ४, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?