१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

अंग्रेजी पढाउने रहर

काठमाडौँ — बालबालिकाले बुझ्ने भाषामा माया–ममताका साथ पढाउनसके मात्र सिकाइ हुन्छ । शिक्षकहरू दक्ष र लगनशील भए भने नानीहरू रमाएर विद्यालय जान्छन् । आजभोलि त नर्सरी कक्षादेखि नै अनिवार्य अंग्रेजी पढाउने चलन छ ।

अंग्रेजी पढाउने रहर

शिक्षक, विद्यार्थी संवाद शून्यताले त पढाइ बिग्रने मात्र हो । कतिपय ठाउँमा सिंहदरबारको अधिकार लिएर स्थानीय तहमा डाडु–पन्यु बोकेर बसेका नीति निर्माताले शिक्षामा सुधार ल्याउने नाममा बालविकास कक्षाबाटै अनिवार्य अंग्रेजी पढाउन निर्देशन जारी गरेका छन् । शिक्षक नै अंग्रेजीमा पोख्त छैनन् भने नानीहरूलाई कसरी कस्तो सिकाउलान् ? शिक्षाको खास समस्या पहिचान नगरी हचुवामा हाम्फाल्ने काम हानिकारक छ । देश र समाजको भविष्य नबिगार्ने हो भने शिक्षाको अन्तरवस्तुमै फेरबदल आवश्यक छ ।
– कृष्ण कुम्पुरे
धादिङ

प्रकाशित : भाद्र ४, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?