कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैंकले कसरी कमाए ?

काठमाडौँ — लगानीयोग्य रकम अभाव भन्दै अधिकांश बैंकले गत वर्ष ऋण प्रवाहमा कडाइ गरे । त्यस लगत्तै बैंकहरूले तरलताको अभाव देखाउँदै नया बचत मुद्दति खातामा केही ब्याजदर वृद्धिसँगै लगानीमा एकैपटक ५ प्रतिशतसम्म ब्याज बढाए ।

बैंकले कसरी कमाए ?

बैंकहरूलाई नियमन गर्ने नेपाल राष्ट्र बैंक ‘दूधको साक्षी बिरालो’ बन्यो । परिणाम आज बैंकहरूको मुनाफामा अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत वृद्धि भएको छ । २८ वटा बैंकको कमाइ ५३ अर्ब पुगेको छ । यो मुनाफा कसरी भयो ? फेहरिस्त हिसाब हेर्ने हो भने यी सबै मुनाफा मझौला व्यवसायीको लगानीबाट भएको हो । बैंकहरूले ठूलो ऋणको ब्याजै उठाउनसकेका छैनन् । ब्याज उठाउन खोज्दा बैंकको कार्यकारी फेर्नुपरेका अनेक उदाहरण छन् ।


बैंकहरूको मुनाफा उचित/अनुचित कसरी भयो भनी हेर्ने निकाय खडा गर्नुपर्छ । बैंकहरूको मुनाफामा अनगिन्ती अनुचित बाटा छन् । जस्तै– व्यक्तिले आफूले जम्मा गरेको रकमको प्रमाणीकरण गर्नुपर्दा हरेक बैंकले हरेकपटक एक हजार रुपैयाँ लिने गर्छन् । नियमन नगर्ने हो भने यस्तै अनुचित बाटो बैंकहरूले अपनाउन सक्छन् ।
– रामकृष्ण बराल
जोरपाटी–२, काठमाडौं

प्रकाशित : भाद्र ४, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?