कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिक्षकको मर्यादा

काठमाडौँ — एउटा विद्यार्थीले पढ्नका निम्ति खाइ–नखाइ क्याम्पसको फि तिर्छ, समय लगानी गर्छ, निद्रा बिगारी–बिगारी राति अबेरसम्म बसेर पढ्छ, अनि अति परिश्रमसाथ जाँच पास गर्छ । अर्को विद्यार्थी भने कक्षामा नियमित हुँदैन, पढ्ने झमेला गर्दैन ।

शिक्षकको मर्यादा

ऊ चिट चोरेर पास गर्छ कि अर्कालाई जाँच दिन लगाउने व्यवस्था मिलाएर पास गर्छ । यस्ता व्यक्ति ठाँटसित विश्वविद्यालय पढ्न गएको दृश्य कति अशोभनीय हुन्छ होला । यस्ता व्यक्तिले पछि गएर समाज र समुदायमा काम गर्दा कस्तो प्रभाव पार्लान् ? सेमेस्टर प्रणालीले स्नातकोत्तर तहमा केही सुधार ल्याउला कि भन्ने आशा गर्ने ठाउँ छ ।


यहाँ दोष चिट चोर्ने वा अर्कैको कोठामा आफू मात्र बसी गाइडबुक र नोट हेरी–हेरी जाँच दिन लगाउने गार्ड वा परीक्षा केन्द्र अध्यक्षको मात्र छैन । दोष त परीक्षा नियन्त्रण कार्यालय र शिक्षा प्रणालीको पनि छ । हामीले कहिलेसम्म शिक्षा प्रणालीलाई बेथितिमा राखिराख्ने ? कहिले पढ्ने र नपढ्ने विद्यार्थीको सही मूल्याङ्कन गर्न सक्ने ? कहिले परीक्षा हल वा जाँचको समयमा बाहिर शौचालयमा गएर चिट चोर्न नपाउने व्यवस्था गर्ने ? कहिले प्रश्नपत्र जाँच्ने शिक्षकले घूस लिएर अङ्क बढी थपिदिने प्रणाली अन्त्य गर्ने ?


कक्षामा कतिपय शिक्षकले चोरेर भए पनि पास गर्नुपर्छ भन्ने खालका सन्देश दिन्छन् । यो लाजमर्दो कुरा हो । कतिपय शिक्षकलाई के बोल्नुहुन्छ, के बोल्नुहुन्न भन्ने हेक्का हुँदैन । हेक्का भए पनि मतलब गर्दैनन् । औपचारिक शैक्षिक कक्षामा शिक्षकको काम आफ्नो विषय–वस्तु आफूले पहिला राम्रोसित अध्ययन गरेर आउनु र विद्यार्थीलाई बुझ्नेगरी पढाउनु हो । असल शिक्षकले आफ्नो दायरामा रहेर अध्यापन गराउनुपर्छ । जथाभावी बोल्नु हुँदैन ।


हाम्रो शिक्षा, शिक्षक र शिक्षा प्रणालीको गुणस्तर उकास्न हामीले गर्नुपर्ने काम धेरै छन् । विशेषत: सम्बन्धित निकाय र ती अन्तर्गत रही काम गर्ने व्यक्तिहरूले शिक्षाको गुणस्तरमा सुधार ल्याउन सक्दो प्रयास गर्नु आवश्यक छ । विद्यार्थी स्वयं र अभिभावकसमेत शिक्षामा भइरहेको बेथिति सुधार्ने कार्यमा यथाशक्य लाग्नुपर्छ ।
– ऋषिराम पौडेल
[email protected]

प्रकाशित : भाद्र ४, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?