१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

तीजमा मौलिकपन

काठमाडौँ — हामी एकपछि अर्काे गर्दै आफ्नो धर्म, संस्कृति, रीतिरिवाज भुल्दै गएका छौं । तीज पर्व भड्किलो बन्दै गएको छ । हाम्रो भाषा, संस्कृति, भेषभूषाको संरक्षण हामी आफैले गर्नुपर्छ ।

तीजमा मौलिकपन

हामीले जे सिकायो, आउने पुस्ताले त्यही सिक्ने हो । तीज जस्तो मौलिक एवं ऐतिहासिक चाडलाई आधुनिकतामा परिणत गर्दैछौं । समय अनुसार हरेक चिज परिवर्तन आवश्यक छ । तर कति परिवर्तन गर्ने भन्ने ख्याल गर्नुपर्छ । परिवर्तनका नाममा मौलिकता गुम्न दिनुुहुन्न ।


उहिले हरियो चुरा, रातो साडीमा सजिएका महिला दिदी–बहिनी तीजको गीत गाउँदै हिँडेको देख्दा कम्ता रमाइलो लाग्दैन थियो । माइती घरमा गएर दर खाएर भोलिपल्ट व्रत बसेर बिभिन्न देवालयमा जाने चलन थियो । अहिले एक महिना अघिदेखि दर खान थालिएको छ । दर खाने कार्यक्रम होटल तथा रेस्टुरेन्टमा हुनथालेका छन् । तीज गीतका भिडियो परिवारसँग बसेर हेर्न पनि अप्ठ्यारो लाग्ने खालका बनेका छन् । कतै हामी आधुनिक बन्ने होडमा आफ्नो पहिचान
भुल्दै त छैनौं ?
– पुरुषोत्तम घिमिरे
जोरपाटी, काठमाडौं

प्रकाशित : भाद्र ४, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?