२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

शिक्षामा गुणस्तर

काठमाडौँ — १. विद्यालय स्तरको परीक्षामा सबै विद्यालयले प्रयोगात्मकमा पूर्णांक नै दिने प्रथाले सैद्धान्तिकमा ५ अंकमात्र आएका विद्यार्थीलाई पनि माथिल्लो कक्षामा पढ्ने अनुमति दिएर कस्तो गुणस्तरको अपेक्षा गर्न सकिएला ?

शिक्षामा गुणस्तर


२. कुनै पनि विषय क्षेत्रमा भर्नाको आधार नपुगेर
फालिएका विद्यार्थी ‘शिक्षा’ विषय पढेर शिक्षक बन्न पाउने निर्णय गर्ने शिक्षा मन्त्रालय र कक्षा १२ मा ‘डी प्लस’ ल्याउनेलाई बीएडमा भर्ना लिने सूचना निकाल्ने त्रिभुवन विश्वविद्यालयले यो देशको भावी पिंढीको गुणस्तरीय शिक्षा पाउने अधिकारमाथि धावा बोलेका छन् ।
३. कक्षा १२ मा डी र ई ल्याउनेले पनि ग्रेड वृद्धि परीक्षा दिएर स्नातक तह पढ्न पाउने गरी पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले हालै गरेको निर्णय गुणस्तरको बाधक बन्ने पक्का छ । यस्तो व्यवस्था निरन्तर रहे आगामी १० वर्षभित्रमा नेपालका स्नातक निरक्षरमा रूपान्तरित हुनेछन् ।
४. राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १० र कक्षा १२
को अन्तिम परीक्षामा प्रयोगमा आएको ग्रेडिङ
प्रणालीको वस्तुगत आधार तय गर्नेतर्फ पहल नगरिनुले यसका उत्पादन विश्व बजारमा सबैभन्दा कमजोर सावित हुनेछन् र हाम्रा स्नातक खाडी पस्न बाध्य बन्नेछन् ।
५. उच्च शिक्षाको करिब ८० प्रतिशत विद्यार्थी बोकेको त्रिभुवन विश्वविद्यालयको अहिलेकै उत्तीर्ण प्रतिशत स्नातकमा २५ प्रतिशतभन्दा कम र स्नातकोत्तरमा

३० प्रतिशतभन्दा कम छ । यस्तो अवस्थामा हाल कक्षा १० र कक्षा १२ का ग्रेडिङ अन्तर्गत उत्तीर्ण विद्यार्थी ती तहमा पुग्दा हालत के होला ? सहजै अनुमान गर्न सकिन्छ ।
६. सेमेस्टर प्रणाली लागू भएका अन्य विश्वविद्यालयमा उत्तीर्ण प्रतिशत धेरै देखिए पनि ग्रेडिङका नाममा विदेशीको नक्कल गर्ने तर कुनै वैज्ञानिक आधार तय नगर्ने ती विश्वविद्यालयको गुणस्तरमाथि शंका नगरी रहन सकिन्न ।
७. कमजोर पूर्वाधारका टेकोमा स्थापना भएका मेडिकल कलेजमा समेत भर्ना भएका सबै विद्यार्थी कुनै न कुनै किसिमले उत्तीर्ण गर्ने/गराउने परिपाटीले स्वास्थ्य क्षेत्रको गुणस्तरसमेत क्रमश: कमजोर बनाउने शिक्षा प्रणालीको मलजल भएको छैन भनी पत्याउने आधार छैन ।
– मनप्रसाद वाग्ले
मीनभवन, काठमाडौं

प्रकाशित : भाद्र ५, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?