१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

व्यापारी र बिचौलिया बलिया

काठमाडौँ — सोमबार प्रकाशित ‘भान्सासम्मै सिन्डिकेट’ समाचार पढे लगत्तै कालिमाटीमा बजार अनुगमनका लागि पुगेको सरकारी टोलीलाई व्यापारी र बिचौलियाले नै नियन्त्रणमा लिएको खबर अचम्मलाग्दो छ ।

व्यापारी र बिचौलिया बलिया

सरकारी पक्ष थप दलबलसहित पुन: गएपछि व्यापारीहरूले गेटै बन्द गरेर अनुगमनको विराध गरे । यसले सिधै सरकारभन्दा माथि व्यापारी छन् भन्ने प्रस्ट पार्छ । कालिमाटीमा खुलमखुल्ला जनतालाई लुट्ने व्यापार भइरहेको छ । बिलबिजक माग्दा पनि नदिने र भित्र अनुगमन गर्न पनि नदिने, किसानसँग १८ रुपैयाँ केजी काउली लिएर खुद्रामा उपभोक्तालाई १३० रुपैयाँमा बेच्ने व्यापारीहरूले सरकारको अनुगमनलाई रोक्न सक्छन् भने सरकारले जतिसुकै अपराध संहिता र देवानी संहिता ल्याए पनि त्यसको के अर्थ ? कालिमाटी तरकारी बजारमा जेजसरी उपभोक्ता र किसानलाई ठग्ने प्रवृत्ति देखिएको छ र तिनै व्यापारीले सरकारलाई चुनौती दिन खोजिरहेका छन् । यसले बलियो भनिएको सरकारलाई कमजोर सावित गरिदिएको छ ।
– केपी शर्मा ज्ञवाली
तुलसीपुर, दाङ

प्रकाशित : भाद्र ५, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?