कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

फुजेल घटनाको वास्तविकता

काठमाडौँ — कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भनी फुजेलका हामी केहीलाई अपराधी करार गर्ने प्रयत्न भइरहेको छ । त्यस घटनामा संलग्न र सरोकार नभएका छविलाल पौडेलसहित १२ जनालाई किटानी जाहेरी गर्ने काम भएको छ ।

फुजेल घटनाको वास्तविकता

नन्दप्रसाद परिवारले आफ्नै एकाघरकी माइली भाइबुहारी सीता अधिकारी (एकल महिला) र टुहुरा तीन छोरीलाई अंश नदिई चर्को आर्थिक अभावमा पारेपछि स्थानीयले अंश दिलाइदिन पहल गरेका थिए । छुट्भिन्न नभएका नन्दप्रसादका माइला भाइ रुखबाट लडेर मृत्यु भएको रहेछ । सीताले अंश दिलाइदिन छरछिमेकसँग गुहार मागिन् । र अंश दिन बाध्य भएपछि गाउँलेप्रति रुष्ट बनेर नन्दप्रसादले अंश दिलाउन पहल गर्नेहरूलाई रिसइवी साँध्न कृष्णको हत्यारा हुन् भनी किटानी जाहेरी दिएका हुन् ।


बिजुली लाइन विस्तार गर्ने क्रममा अधिकारी परिवारको जग्गामाथि बिजुली लाइन पर्नगएकोमा गाउँलेहरूसँग विवाद गरी उजुरी दिन गएका र २०६४ पुस १० गते गाउँ छोडेका हुन् । गाईभैंसी कसरी मरे भन्ने रेकर्ड बतासे प्रहरी चौकीमा छ । स्थानीय शिवप्रसाद पौडेलका अनुसार ससुरालीबाट सिधै गोरखा सदरमुकाम गई कृष्णप्रसादको हत्यारा भनी गाउँलेलाई धरकपड गर्न प्रहरी प्रशासनलाई रिपोर्ट गरेको र सोपश्चात सबै गाउँले सदरमुकाम गई प्रहरी प्रशासनको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा छलफल गरी कृष्णप्रसाद हत्यामा गाउँलेको कुनै संलग्नता नभएको र उक्त घटना द्वन्द्वकालीन भएको भनी जिल्ला प्रशासन कार्यालय गोरखाले २०६४ सालमा मुद्दा नचल्ने भनी निर्णय गरेको र द्वन्द्व पीडितका नाममा अधिकारी परिवारलाई क्षतिपूर्ति उपलव्ध गराउने निर्णयसमेत भएको थियो ।


गाउँलेहरू सहित गंगामाया अधिकारीले किटानी जाहेरी दिएकाहरू कृष्णप्रसादको हत्या भएकै दिन फुजेलमै कुलो खनिरहेका थिए । मृतकको दाजु नूरप्रसाद स्वयम् पनि कुलो खन्दै थिए । घटना भएको खबर सुनेको भोलिपल्ट पनि हामी कुलो खनिरहेका छौं । हामी कुलो खन्न गएपछि अरू साथीहरू शवबारे बुझ्न चितवन गएका हुन् । के हामी एक सेकेन्डमा चितवन पुगेर कृष्णप्रसाद अधिकारीलाई मारेर यहाँ आइपुग्यौं होला ? आरोप लगाउनुपर्ने खास कारण व्यक्तिगत रिसइबी हो । कृष्णप्रसाद अधिकारीको हत्यालगत्तै तत्कालीन नेकपा (माओवादी) ले हत्याको जिम्मेवारी लिएको थियो । घटना २०६१ सालमा भएको तर २०६४ सालसम्म अधिकारी परिवार गाउँमा राम्रैसँंग बसिरहेका थिए ।
– पम्फा पौडेल
काठमाडौं

प्रकाशित : भाद्र ५, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?