कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विकासको परनिर्भरता

काठमाडौँ — काठमाडौं महानगरको मुहार रातारात फेरिंँदैछ । यसै भदौको मध्यमा हुनलागेको विमस्टेक सम्मेलनको लागि तयारी तीव्र रूपमा हुँदैछ । वर्षौंसम्म नपुरिएका सडकका खाडल पुरिँदैछन् । अव्यवस्थित खम्बाका तार मिलाइँदैछन्, चावहिल–जोरपाटी हिलाम्मे सडक पिच गरिँदैछ । सडकमा रंग–रोगन गरिँदैछ ।

विकासको परनिर्भरता

हामी नेपालीको लागि यो कुनै नौलो होइन । हाम्रो मानसिकता नै अन्तिममा र अत्यावश्यक नभई काम नगर्ने छ । महानगरवासीका आधारभूत आवश्यकताको लागि विदेशी प्रभु नै चाहिने रहेछ । राज्यले आफ्नो दायित्व निर्वाह जनताप्रति उत्तरदायी भएर गर्नुपर्छ, नकि लोकलाजको डरले । सकारात्मक भएर हेर्दा हरेक ६ महिनामा यस्तो अन्तर्राष्ट्रिय सम्मेलन भइराखे विकासको अनुभूति भइराख्ने थियो ।
– सुशील शर्मा
शान्तिनगर, काठमाडौं

प्रकाशित : भाद्र ६, २०७५ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?