कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विभेद मेटाऊ

काठमाडौँ — नारा मात्रै समृद्धिको काम भएन
शान्ति अनि अमनचैन आउन सकेन

विभेद मेटाऊ

नारा मात्रै समृद्धिको काम भएन
शान्ति अनि अमनचैन आउन सकेन
नेताहरूको ढंगरंग नमिलेको जस्तो
मौका पाउँदा आफ्नोमात्र भुँडी भरे जस्तो
गरिब किसान, मजदुरहरूको ताउलो खाली छ
राजनीतिको व्यवहारचाहिँ निकै जाली छ
हुँदाखाने मान्छेहरू भोकभोकै छन्
हुनेखाने सधैंभरि मोजमस्तीमा छन्
राज्यले यो विभेदलाई मेटाउनुपर्‍यो
नेपालीको प्रतिष्ठालाई उठाउनुपर्‍यो ।
– कृष्ण कुम्पुरे
आदमटार, धादिङ

प्रकाशित : भाद्र १४, २०७५ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?