कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

तपाईंको जग्गा त बेचिदिएनन् !

काठमाडौँ — ‘करोडौंको घडेरी किर्ते गरी बिक्री’ समाचारमा मालपोत कार्यालयका कर्मचारी र भूमाफियाहरूको मिलेमतोमा सक्कली जग्गाधनी चन्दनकृष्ण कायस्थको बुढानीलकण्ठमा रहेको ४० आनाभन्दा ज्यादा जग्गा हत्याउन नक्कली जग्गाधनी बनेर लालपुर्जा नक्कली, नागरिकता नक्कली, वारेसनामाको कागज पनि नक्कली बनाउनु भ्रष्ट, अनैतिक र किर्ते गतिविधि हो ।

तपाईंको जग्गा त बेचिदिएनन् !

अब यो देशमा लालपुर्जा भएका जग्गाधनीहरू पनि ढुक्क नभए हुन्छ । किनकि, भूमाफियाहरूले नक्कली कागजात तयार पारी जग्गा हडपिसकेका हुन्छन् । यो निकै डरलाग्दो स्थिति हो ।

सेवाग्राहीले मालपोत र नापीमा भनसुन र पैसा खर्च नगरी सेवा पाउन मुस्किल हुने अनि भनसुन र पहुँचका भरमा सर्वसाधरणको पालो मिच्ने र एकै दिनमा हुने काम धेरै दिनसम्म झुलाएका समाचार आइ नै रहन्छन् । अनि सार्वजनिक जग्गा हत्याउन मालपोतकै कर्मचारी लागि पर्छन् । खेलमैदान, चिहान, मसानघाट तथा सडक किनारासमेत भूमाफियाहरूले अनेक जालझेल र नौटंकी गरेर हत्याउने गरेका समाचार आइरहन्थे तर आज यो घटनाले सहरमा दु:खजिलो गरी जग्गा जोडेर विदेश पैसा कमाउन जानेहरू हुन् वा गाउँमा बस्नेहरूलाई कतै राजधानीमा जतासुकै भेटिने यी र यस्ता खालका जग्गा दलाल र भूमाफियाले कुनै किर्ते काम गरी बेचिदिएका त छैनन् भन्ने शंकाले सताएको हुनुपर्छ ।
– सन्तोष सिम्खडा भीमसेन गाउँपालिका–२, गोर्खा

प्रकाशित : भाद्र २४, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?