कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घर निर्माणमा झमेला

काठमाडौँ — काठमाडौं तथा अन्य महानगरपालिकाहरूले नक्सा पास नगरी बनाएका अनियमित घरटहरा नियमित गर्ने नाममा फिल्ड सर्भे नगरी साधारण जरिवाना लिएर नक्सा पास गरेको देखिन आएको छ ।

घर निर्माणमा झमेला

यसले गर्दा सिधासाधा जनता मर्कामा पर्न थालेका छन् । नियमितका नाममा अनियमितता बढ्दै छ । तसर्थ बिनानक्सा बनाएका घरटहरा सँधियारकामा पुर्जी टाँस गरी सर्जिमिन गरी मिल्ने भए मात्र नक्सा पास अघि बढाउन महानगरपालिका तथा नगरपालिका कार्यालयहरूलाई अनरोध गर्दछु अन्यथा सर्वसाधारणलाई अनावश्यक अदालती झमेला बोक्नुपर्ने देखिन्छ ।
– जनक श्रेष्ठ सातदोबाटो, ललितपुर

प्रकाशित : भाद्र २४, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?