कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बालबालिकाको खाजा नखोस

काठमाडौँ — शिक्षासम्बन्धी व्यवस्था गर्न शिक्षा मन्त्रालयले तयार गरेको विधेयकबाट शिक्षा दिवसको पूर्वसन्ध्यामा मन्त्रिपरिषद्ले पोसाक सुविधा कटौती गर्नुका साथै २ लाख ६० हजार बालबालिकाले विद्यालयमा पाउँदै आएको दिवा खाजा खोसेको समाचार सुनियो ।

बालबालिकाको खाजा नखोस

दूरदराजका, गरिबीको रेखामुनि रहेका नेपालीले मात्र पढ्ने सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालयमा नियमित बनाउन, टिकाउन र पोषणसमेतलाई सघाउन सहयोग गरेको दिवा खाजा कार्यक्रम कटौतीको प्रत्यक्ष असर विद्यार्थी भर्नादरमा पर्नेछ । स्मरण रहोस् उक्त कार्यक्रम विश्व खाद्य कार्यक्रमको सहयोगमा चलिरहेको छ । प्रस्तावित विधेयकमा दिवा खाजा काटिएमा उक्त कार्यक्रमसमेत प्रभावित हुनेछ । छलफलमा रहेको उक्त विधेयकमा सरकारले गम्भीरतापूर्वक पुनर्विचार गर्नु जरुरी छ ।
– महेन्द्रसिंह बम टीकापुर–१, कैलाली

प्रकाशित : भाद्र २४, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?