बलात्कारको कारक

कान्तिपुर संवाददाता

काठमाडौँ — बलत्कारको कारक तत्त्व के ? भारत संसारमा १ नम्बरमा आउँछ महिला बलात्कार हुने देशहरूको सूचीमा । हरेकजसो बलिउड चलचित्रमा अश्लीलता, हिंसा, बलात्कार, लडाइँलाई देखाइन्छ । यही प्रभाव समाजमा छाप बनेर बस्छ ।

हरेक टेलिभिजनमा देखाइने असभ्य दृश्यका साथसाथै बलिउडले हलिउडको नक्कल गर्ने पश्चिमी संस्कृतिलाई आधुनिकताका नाममा प्रचार गर्ने अनेकौं कारण समाज, पुस्ता, सामाजिक मर्यादा भत्किँदै जाँदा त्यसले दिने परिणाम बलात्कार, चोरी, हत्या, हिंसा, संवेदनहीनता, पथभ्रष्ट, भौतिक सुखको उन्माद, प्रतिस्पर्धा, अहंकार सब नै आधुनिकताको उपज हो । जब हामी आफ्नो संस्कार, संस्कृति, सभ्यता छोडेर पश्चिमी संस्कारलाई अँगाल्न आतुर भयौँ, तब बलात्कारलाई निम्ता दियौं । पप, डिस्को, लिभिङ टुगेदर, क्लब, अश्लीलताको विकृति, इन्टरनेटमा अश्लील सामग्रीको पर्याप्तता, आधुनिकता अनि अधिकारका नाममा पातालसम्म पुगेको थाहा नपाउने, दैनिक जीवनलाई भड्किलो र तयारी, अत्यन्त धेरै मांसाहार खाना, रेडिमेड खाना, फास्ट फुडजस्ता तुरुन्तै शरीरलाई उत्तेजित बनाउने खानाले पनि मानिस बढी उत्तेजित बन्ने र हिंसा, हत्या बढ्ने
गरेको हो ।
– दिनेश बराल पोखरा

Yamaha

प्रकाशित : भाद्र २४, २०७५ ०८:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तपाईंको जग्गा त बेचिदिएनन् !

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘करोडौंको घडेरी किर्ते गरी बिक्री’ समाचारमा मालपोत कार्यालयका कर्मचारी र भूमाफियाहरूको मिलेमतोमा सक्कली जग्गाधनी चन्दनकृष्ण कायस्थको बुढानीलकण्ठमा रहेको ४० आनाभन्दा ज्यादा जग्गा हत्याउन नक्कली जग्गाधनी बनेर लालपुर्जा नक्कली, नागरिकता नक्कली, वारेसनामाको कागज पनि नक्कली बनाउनु भ्रष्ट, अनैतिक र किर्ते गतिविधि हो ।

अब यो देशमा लालपुर्जा भएका जग्गाधनीहरू पनि ढुक्क नभए हुन्छ । किनकि, भूमाफियाहरूले नक्कली कागजात तयार पारी जग्गा हडपिसकेका हुन्छन् । यो निकै डरलाग्दो स्थिति हो ।

सेवाग्राहीले मालपोत र नापीमा भनसुन र पैसा खर्च नगरी सेवा पाउन मुस्किल हुने अनि भनसुन र पहुँचका भरमा सर्वसाधरणको पालो मिच्ने र एकै दिनमा हुने काम धेरै दिनसम्म झुलाएका समाचार आइ नै रहन्छन् । अनि सार्वजनिक जग्गा हत्याउन मालपोतकै कर्मचारी लागि पर्छन् । खेलमैदान, चिहान, मसानघाट तथा सडक किनारासमेत भूमाफियाहरूले अनेक जालझेल र नौटंकी गरेर हत्याउने गरेका समाचार आइरहन्थे तर आज यो घटनाले सहरमा दु:खजिलो गरी जग्गा जोडेर विदेश पैसा कमाउन जानेहरू हुन् वा गाउँमा बस्नेहरूलाई कतै राजधानीमा जतासुकै भेटिने यी र यस्ता खालका जग्गा दलाल र भूमाफियाले कुनै किर्ते काम गरी बेचिदिएका त छैनन् भन्ने शंकाले सताएको हुनुपर्छ ।
– सन्तोष सिम्खडा भीमसेन गाउँपालिका–२, गोर्खा

प्रकाशित : भाद्र २४, २०७५ ०८:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT