१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

महिला अधिकार र तीज

काठमाडौँ — परापूर्वकालमा महिला घरकै काममा व्यस्त हुनुपर्ने र पुरुषको अधीनमा रहनुपर्ने अवस्थाबाट १ दिन भए पनि छुट्टी मिलाएर माइत जाने र आफ्ना दु:ख–पीडा गीतमार्फत व्यक्त गर्दै आएको सम्झनामा तीज पर्व मनाउँदै आएको भनाइ धेरै महिलाको रहिआएको छ ।

महिला अधिकार र तीज

परापूर्वकाल भनौं वा आधुनिक युग जुनसुकै समयमा पनि महिला पीडित छन् भने महिलाकै कारणले पीडित छन्, पुरुषका कारणले छैनन् । सासूले बुहारीलाई दबाएर राख्नुपर्ने, घरको काम बुहारीले मात्र गर्नुपर्ने, बुहारीले सासूलाई ढोग्नुपर्नेजस्ता चलन महिलाले नै चलाएका हुन् । जब बुहारीको सासू बन्ने पालो आउँछ, आफूलाई सासूले गरेअनुसारको व्यवहार बुहारीलाई गर्ने नै महिला हुन्छन् । सासूलाई आमा नसम्झने र बुहारीलाई छोरी नसम्झने पनि महिला नै हुन् । बुहारीले गर्नुपर्ने काम छोराले गर्‍यो भने जोइटिंग्रे र हुतिहारा छोरो नामकरण गर्नेमा महिला नै अग्रपंक्तिमा आउँछन् । पतिको दीर्घायुको लागि ‘व्रत बस र तीज पर्व मनाऊ’ भनेर पुरुषले आदेश दिएका हँुदैनन् । आफूखुसी आत्मसन्तुष्टिका लागि व्रत बस्ने भन्ने बेलामा पुरुषप्रधान समाजका कारणले व्रत बस्नुपर्‍यो भनी दोष लगाउने गलत बानी नै महिला अधिकारको बाधक हो ।
– पुरुषोत्तम घोरासैनी बालाजु–१६, काठमाडौं

प्रकाशित : भाद्र २४, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?