पाठक मञ्च
भाद्र २७, २०७५

मानव अधिकारको बेवास्ता

ह्युमन राइट्स वाचका क्लाइभ वल्र्ड विनले कान्तिपुरमा अथ्र्याएको नेपालमा द्वन्द्वकालीन अपराधमा संग्लग्न मुख्य अपराधीहरूलाई के कस्तो कारबाही होला ? यदि भएन भने के होला भनी लेखेको लेखलाई कुनै पनि विद्वत समूहले क्रिया/प्रतिक्रिया नगरेको देख्दा उदेक लाग्यो ।

समृद्धिका कुरा

सोमबार प्रकाशित अच्युत वाग्लेको ओलीको असफलता चेतको लेख पठनीय र मननीय छ । लामो समयदेखि दुई तिहाइको सरकारको अभावका कारण सरकारले प्रभावकारी काम गर्न नसकेको भाष्य जनमानसमा व्यापक रूपले परिभाषित गरियो । तर दुई तिहाइको अहिलेको सरकारको प्रारम्भिक संकेत पनि खासै भिन्न छैन ।

प्रहरी नियन्त्रणमा पत्रकार

समाचार प्रकाशित गरेको आधारमा पत्रकार राजु बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हरिसिद्धि इँटा–टायल कारखानाको जग्गा भूमाफिया र सत्तारूढ नेकपाका सांसदहरू पम्फा भुसाल र राजकाजी महर्जन मिलेर बिक्री गर्नलागेको समाचार लेखेपछि उक्त समाचारले आफ्ना सांसदहरूको बदनामी भएको भन्दै नेकपा निकट एक व्यक्तिले जिल्ला अदालतमा उजुरी दिएकै आधारमा बिना छानबिन हचुवा पारामा बस्नेतलाई नियन्त्रणमा लिनुले सरकार दुई तिहाइको दम्भसाथ अगाडि बढेको प्रस्ट हुन्छ ।

समस्याबाट भाग्ने होइन

प्रधानमन्त्री कार्यालयले सबै मुख्यमन्त्रीलाई निम्तो पठाएर भदौ २४ गते बोलाएको प्रदेश परिषद बैठक तयारी नपुगेको भनी स्थगन गरियो । मुख्यमन्त्रीहरू संलग्न हुने परिषद बैठक तयारी नपुगेको भनी सार्नु दुर्भाग्यपूर्ण हो ।

नेतृत्व हत्याउने होडबाजी

कांग्रेसमा केही समय पहिले उमेर हदको विषयले चर्चा पाएको थियो । अहिले फेरि आगामी महाधिवेशनमा नेतृत्व कसले हत्याउने भनी संस्थापन र संस्थापन इतरका विभिन्न समूहका भेला तथा छलफल हुनथालेको छ । अब मूलकुरो आउँछ नेतृत्व र ऊसँग असहमत वा भावी दिनमा पद हात लगाउने पक्षको ।

सोचमा परिवर्तनको खाँचो

शनिबार, प्रकाशित सरिता तिवारीको ‘तीज खारेजीको प्रश्न’ले धर्म र संस्कृतिको नाममा समाजभित्र मौलाएको धार्मिक अन्धविश्वासको रीतिरिवाज, त्यसभित्र भएको पुंँजीवादको व्यापारिक घुसपैठ र पुंँजीवादकै सिलसिलामा सक्कली वा नक्कली रूपका पुंँजी प्रदर्शनीको सामाजिक मनोवैज्ञानिक स्पर्धाले निम्त्याएको आधुनिक विसंगतिलाई छर्लंग पारेको छ ।

एक घर, एक विदेश

निराशासँगै आशा पनि बग्रेल्ती भेटिन्छन् । उपचार नपाएर एक अबोध बालकको मृत्यु हुन्छ । उपचार नपाएर एक गर्भवती महिलाको मृत्यु हुन्छ । बलात्कारको घटना दिनहुँ हुन्छन् ।

पेचिलो बन्दै छानबिन

किशोरीको बलात्कारपछि हत्या घटना झन् पेचिलो बन्दै गइरहेको छ । घटना भएको महिनौं भइसक्यो, तर वास्तविक अपराधी पहिचान हुनसकेको छैन । किशोरी बलात्कार—हत्या छानबिन समिति २ पटक गठन भयो, तर अपराधी निर्धक्कसँंग घुमिरहेको छ ।

भाद्र २६, २०७५

स्पष्टीकरण चाहियो

प्रधानमन्त्री के.पी. शर्मा ओली लोकतन्त्रको दुहाइ निकै दिन्छन् । तर उनकै मन्त्रीमण्डलबाट लोकतन्त्रको चरित्र विपरीत विधेयकहरू पास हुन्छन् । ओली मन्त्रिपरिषदले पारित गरेको गोपनीयताको हक सम्बन्न्धी विधेयक तोडमोड गरी पास गरिएको उनकै पार्टीका पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले बताएका छन् । तर ओली मौन छन् ।

असुरक्षित आकाश

गोरखाको साना गाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको कलसाइन ९ एनएएलएस हेलिकप्टर नुवाकोट आइपुग्दा दुर्घटना हुनपुग्यो । जहाँ एकै ठाउँमा ६ जनाको ज्यान गएको छ भने १ जना जीवित भेटिएकी छन् ।

ADVERTISEMENT

राष्ट्रिय ढुकुटीको दुरुपयोग

भदौ २३ गते राष्ट्रपति निवासमा आयोजित तीजको दर कार्यक्रम र प्रधानमन्त्री निवासमा ओली वंशावली भेला कार्यक्रमले हाम्रा राष्ट्र प्रमुखहरू राष्ट्र र आम नागरिकप्रति कति उत्तरदायी रहेछन् भन्ने प्रस्ट पारेको छ ।

शिक्षा दिवसको सार्थकता के ?

केको खुसियालीमा शिक्षा दिवस मनाइएको हो भनी शिक्षाका तथ्यांक अध्ययन गर्दा थाहा भयो कि यस्ता रहेछन्, बिरालो बाँधेर श्राद्ध गर्नाका कारण :

दर त खाऔं तर विचार गरेर

भोलि नेपाली महिलाहरूको महान चाड हरितालिका अर्थात् तीज अनि आज ‘दर खाने दिन’ । आफ्नो बाल्यावस्थाका दिनहरू सम्झन्छु, मध्यरातमा आमादिदीहरूले गुँद अनि खीर पकाएर खाएको । अनि अचेल विकसित हुँदै गइरहेका कुसंस्कार पनि सम्झन्छु, महिनौं दिन अघिदेखि घर–घर घुमेर ‘दर खाने’ विचलन, जसमा शुद्धता छैन ।