कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक घर, एक विदेश

काठमाडौँ — निराशासँगै आशा पनि बग्रेल्ती भेटिन्छन् । उपचार नपाएर एक अबोध बालकको मृत्यु हुन्छ । उपचार नपाएर एक गर्भवती महिलाको मृत्यु हुन्छ । बलात्कारको घटना दिनहुँ हुन्छन् ।

एक घर, एक विदेश

पहिरनदेखि संस्कारका मौलिक परम्परामाथि आयातित संस्कार हावी हुँदै गएको छ । सामाजिक सद्भाव र एकता जोड्ने स्थानीय क्लबहरू हटेर विदेशी आईएनजीओको प्रभाव बढ्दै गएको छ । ‘एक घर एक विदेश’को संस्कार मौलाएको छ । अलिअलि भएको खेतीयोग्य जमिन पनि प्लटिङ र बाँझोमा परिणत भएको छ ।


वर्गीय विभेद बढ्दो देखिन्छ । धर्म, संस्कार कुल्चेर आधुनिकताको नाममा वेभिचार मौलाएको छ । गर्भपतन र पारपाचुकेका घटना बढ्दै गएका छन् । प्रहरी चौकी, जेल, अदालत, अस्पतालमा मान्छेको भिड बढ्दै गएको छ । यो सभ्य समाजको संकेत होइन । सेवाका हातहरू व्यवसायी बन्दै गएका छन् । स्वार्थ बिनाका सम्बन्धहरू विस्तारै हराउँदै गएका छन् । घरहरू एक्लिएका छन् । वृद्ध बाबुआमाका आँखा जवान छोराछोरीको प्रतीक्षामा व्यग्र देखिन्छन् । मानवीय
भावना जीर्ण बन्दै गएको छ । पिर्का छोडेर सोफामा बस्नुलाई विकास र समृद्धि मानिएला, तर तिर्खा लागेको बेला पानी छोडेर ह्विस्की खानु राम्रो होइन ।
– जोन कँडेल,भरतपुर–४, चितवन

प्रकाशित : भाद्र २७, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?