पेचिलो बन्दै छानबिन

काठमाडौँ — किशोरीको बलात्कारपछि हत्या घटना झन् पेचिलो बन्दै गइरहेको छ । घटना भएको महिनौं भइसक्यो, तर वास्तविक अपराधी पहिचान हुनसकेको छैन । किशोरी बलात्कार—हत्या छानबिन समिति २ पटक गठन भयो, तर अपराधी निर्धक्कसँंग घुमिरहेको छ ।

पेचिलो बन्दै छानबिन

शून्य अवस्थादेखि घटनाको छानबिन गर्न उच्चस्तरीय छानबिन टोली गठन भए पनि म्यादभित्र प्रतिवेदन प्रस्तुत गर्न सकेन । बरु ज्यानको असुरक्षाको कारण देखाउँदै छानबिन समितिबाट उपसचिव वीरेन्द्र केसीले राजीनामा दिएका छन् । अब घटनाको वास्तविक तथ्य बाहिर आउने प्रबल सम्भावना देखिएको छ । घटनाको बेवास्ता गर्ने प्रहरी, प्रमाण मेटाउन सहयोग गर्ने प्रहरी, घटना स्थलमा किशोरीको सुरुवाल पखाल्ने प्रहरी तथा उपसचिवलाई धम्की दिने व्यक्तिलाई केरकार गरेमा वास्तविक सत्य–तथ्य बाहिर आउन सक्छ ।
– प्रमोद पौडेल,श्रीपुर, वीरगन्ज

प्रकाशित : भाद्र २७, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?