नेतृत्व हत्याउने होडबाजी

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसमा केही समय पहिले उमेर हदको विषयले चर्चा पाएको थियो । अहिले फेरि आगामी महाधिवेशनमा नेतृत्व कसले हत्याउने भनी संस्थापन र संस्थापन इतरका विभिन्न समूहका भेला तथा छलफल हुनथालेको छ । अब मूलकुरो आउँछ नेतृत्व र ऊसँग असहमत वा भावी दिनमा पद हात लगाउने पक्षको ।

यदि पार्टी सफल, सरकारमा रहेको तथा मुलुकका लागि पार्टीको जरुरत भएको भनी जनताले ‘हाइहाइ’ गरेको भए यस्ता चर्चाले खासै महत्त्व पाउने थिएन । विकासको कुरा छाडौं । समय अनुकूल पार्टीलाई परिचालित गरको पाइँदैन । बेलाबखत कुनै आन्दोलनको आवरणमा त्यसैलाई विरोधको प्रमुख एजेन्डा बनाउने बाहेक खासै गतिलो प्रस्तावना आउँदैन । मुलुक संघीयतामा गइसकेकपछि खै सोही अनुरुपको सांगठनिक स्वरुप ? पार्टीको अबको एजेन्डा के हुने ? हिजो हिन्दु राष्ट्र हटाउने अन्य दलको अभियानमा साक्षी बस्नाले कति नोक्सानी भयो ? महामन्त्री नखुलेर सो एजेन्डाको वकालत गर्छन्, न अब पार्टी पंक्ति नै यो सब सकियो भनेर जनतालाई अथ्र्याउन सक्छन् । संघीय तथा केन्द्रको चुनावमा कम्युनिष्ट पार्टीबीच कार्यगत एकता तथा मिलेर चुनाव लड्दा यता कांग्रेसका उम्मेदवार भनेका खल्तीबाट, कोठाबाट र ब्रिफकेसबाट छानिए । अब यी सब देखेर, चेतेर गाउँ, टोलदेखि केन्द्रसम्म प्रजातान्त्रिक तवरले नेतृत्व चयन हुनुपर्छ ।
– श्रीकृष्ण राजवंशी,सुनकोसी–३, सिन्धुली

Yamaha

Esewa Pasal

प्रकाशित : भाद्र २७, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

एक घर, एक विदेश

कान्तिपुर संवाददाता

काठमाडौँ — निराशासँगै आशा पनि बग्रेल्ती भेटिन्छन् । उपचार नपाएर एक अबोध बालकको मृत्यु हुन्छ । उपचार नपाएर एक गर्भवती महिलाको मृत्यु हुन्छ । बलात्कारको घटना दिनहुँ हुन्छन् ।

पहिरनदेखि संस्कारका मौलिक परम्परामाथि आयातित संस्कार हावी हुँदै गएको छ । सामाजिक सद्भाव र एकता जोड्ने स्थानीय क्लबहरू हटेर विदेशी आईएनजीओको प्रभाव बढ्दै गएको छ । ‘एक घर एक विदेश’को संस्कार मौलाएको छ । अलिअलि भएको खेतीयोग्य जमिन पनि प्लटिङ र बाँझोमा परिणत भएको छ ।


वर्गीय विभेद बढ्दो देखिन्छ । धर्म, संस्कार कुल्चेर आधुनिकताको नाममा वेभिचार मौलाएको छ । गर्भपतन र पारपाचुकेका घटना बढ्दै गएका छन् । प्रहरी चौकी, जेल, अदालत, अस्पतालमा मान्छेको भिड बढ्दै गएको छ । यो सभ्य समाजको संकेत होइन । सेवाका हातहरू व्यवसायी बन्दै गएका छन् । स्वार्थ बिनाका सम्बन्धहरू विस्तारै हराउँदै गएका छन् । घरहरू एक्लिएका छन् । वृद्ध बाबुआमाका आँखा जवान छोराछोरीको प्रतीक्षामा व्यग्र देखिन्छन् । मानवीय
भावना जीर्ण बन्दै गएको छ । पिर्का छोडेर सोफामा बस्नुलाई विकास र समृद्धि मानिएला, तर तिर्खा लागेको बेला पानी छोडेर ह्विस्की खानु राम्रो होइन ।
– जोन कँडेल,भरतपुर–४, चितवन

प्रकाशित : भाद्र २७, २०७५ १०:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT