प्रहरी नियन्त्रणमा पत्रकार

काठमाडौँ — समाचार प्रकाशित गरेको आधारमा पत्रकार राजु बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हरिसिद्धि इँटा–टायल कारखानाको जग्गा भूमाफिया र सत्तारूढ नेकपाका सांसदहरू पम्फा भुसाल र राजकाजी महर्जन मिलेर बिक्री गर्नलागेको समाचार लेखेपछि उक्त समाचारले आफ्ना सांसदहरूको बदनामी भएको भन्दै नेकपा निकट एक व्यक्तिले जिल्ला अदालतमा उजुरी दिएकै आधारमा बिना छानबिन हचुवा पारामा बस्नेतलाई नियन्त्रणमा लिनुले सरकार दुई तिहाइको दम्भसाथ अगाडि बढेको प्रस्ट हुन्छ ।

प्रहरी नियन्त्रणमा पत्रकार

प्रेस काउन्सिलको क्षेत्राधिकारलाई समेत मिचेर सरकारले जुन रवैया अपनाएको छ, त्यसले कालान्तरमा सरकारलाई नै कमजोर पार्ने निश्चित छ । प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्दा तत्कालीन राजा ज्ञानेन्द्रले समेत सत्ता गुमाएका थिए भने पत्रकार बस्नेतको घटनाले सरकारमाथि गम्भीर संकट नआउला भन्न सकिन्न ।
– एसपी बडु, कृष्णपुर–६, कञ्चनपुर

प्रकाशित : भाद्र २७, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?