मानव अधिकारको बेवास्ता
काठमाडौँ — ह्युमन राइट्स वाचका क्लाइभ वल्र्ड विनले कान्तिपुरमा अथ्र्याएको नेपालमा द्वन्द्वकालीन अपराधमा संग्लग्न मुख्य अपराधीहरूलाई के कस्तो कारबाही होला ? यदि भएन भने के होला भनी लेखेको लेखलाई कुनै पनि विद्वत समूहले क्रिया/प्रतिक्रिया नगरेको देख्दा उदेक लाग्यो ।
के क्लाइभले भनेजस्तो स्थिर सरकार बनेर पनि अपराधीहरू यसरी लगातार एकपछि अर्को स्वतन्त्र घुम्न पाउनु मानव अधिकार सुरक्षित भएको हो ? या उनीहरू अझ महसुर भएका हुन् ? सरकार मानव अधिकार संरक्षणमा किन मौन ? यदि बलियो सरकारले यो काम गर्न सक्दैन भने क्लाइभले भनेजस्तो नेपालका संदिग्ध अपराधीहरू तथा सरकारी अधिकारीहरू विदेश भ्रमणमा जाँदा अन्तर्राष्ट्रिय कानुन आकर्षित भई अन्तर्राष्ट्रिय अदालतबाट प्रताडित हुनसक्ने प्रबल सम्भावना रहन्छ ।
२/४ जना अपराधीलाई बचाउँदा राष्ट्रको शाख नै धुमिल हुने कार्य किन गरिराखेको छ, यो सरकार ?
– केदारनाथ त्रिपाठी,बुढानीलकण्ठ, काठमाडौं