१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

खोइ ज्येष्ठ नागरिकलाई हक ?

काठमाडौँ — संविधानको धारा १६–४६ सम्म नागरिकलाई ३१ प्रकारका मौलिक हकको व्यवस्था छ । धारा ४१ मा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भन्ने उल्लेख छ ।

खोइ ज्येष्ठ नागरिकलाई हक ?

यी हकको कार्यान्वयनका लागि आवश्यकता अनुसार राज्यले संविधान प्रारभ्म भएको ३ वर्षभित्र कानुन ल्याउनुपर्ने बाध्यता थियो । त्यस अनुसार सरकारले अन्तिम समयमा सङ्घीय संसदमा पेस गरेको १६ विधेयक पारित भएको र यसबाट मौलिक हक प्रचलनको मार्ग खुलेको समाचार प्रवाह भएको छ । ती विधेयकमा सामाजिक सुरक्षा विधेयक पनि समावेश छ । यसले सामाजिक सुक्षा भत्ता पाउन योग्यले नलिने घोषणा गरेमा सम्मान गरिने, दोहोरो नपर्नेगरी मात्र भत्ता लिनुपर्ने प्रक्रियागत कुरामात्र खुलाइएको छ ।

ज्येष्ठ नारिकका लागि विशेष संरक्षण सम्बन्धी विधेयक ल्याइएको छैन । ज्येष्ठ नागरिकका लागि यो संविधानमा थप भएको मौलिक हक हो भनी विभिन्न दस्तावेजमा उल्लेख भएको थियो । २०६३ सालमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन प्रारम्भ गरिए पनि त्यसको कार्यान्वयन भएको छैन । उक्त ऐन समय–सापेक्ष छैन । ऐनले ज्येष्ठ नागरिकलाई अधिकार दिनुभन्दा पनि दयाको निरीह पात्रको रूपमा हेरेको छ । यथार्थमा ज्येष्ठ नागरिक घरपरिवार, समाज र राज्यबाट पीडा, अपमान, हिंसा र दुव्र्यवहार खप्न विवश छन् । सरकारबाट उपेक्षामा रहेको तितो अनुभव गर्छन् । तिनका पेसागत अनुभव, ज्ञान तथा सीपलाई सदुपयोग गरिए राष्ट्रले लाभ लिन सक्ने तथ्यलाई आत्मसात गरिएन । अत: ज्येष्ठ नागरिकको संरक्षणका समग्र पक्ष समावेश समयानुकूल ऐन ल्याई संविधानमा प्रतिबद्धता प्रकट मौलिक हक कार्यान्वयन गर्न ध्यान दिइयोस् ।
– विदुर केसी,नागार्जुन–१०, स्युचाटार, काठमाडौं

प्रकाशित : आश्विन २, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?