१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चिनी उद्योगी र आयातकर्ताको स्वार्थ

काठमाडौँ — ‘चिनीमा सरकारकै सिन्डिकेट’ कान्तिपुरको समाचार पढियो । नेपालका रैथाने चिनी उद्योगलाई प्रोत्साहन, प्रबद्र्धन गर्ने भनी दसैंको छेवैमा आएर सरकारले एउटा निर्णय गरेछ, ‘बाहिरबाट आयात गर्दा १ लाख टनमात्र चिनी आयात गर्नु र नेपालमा खपतका लागि करिब सवा २ लाख टन आवश्यक भएकाले नपुग सवा १ लाख टन चिनी आन्तरिक उद्योगबाट किनेर वितरण गर्नु’ भनेर ।

चिनी उद्योगी र आयातकर्ताको स्वार्थ

सबैलाई थाहा नहुन सक्छ, भारत वा अन्य मुलुकमा चिनीको मूल्य निकै सस्तो छ, नेपालको चिनीको तुलनामा । आयातित चिनी सफा, सेतो र मोटा–मोटा दाना भएको र लोभ लाग्ने खालको छ । नेपाली चिनी तुलनात्मक रूपमा कम गुणस्तरका तर महँगो मूल्य भएकै कारण आयातित चिनीसँग प्रतिस्पर्धा गर्न नसकी गोदाममा थन्किएको छ ।

विगतका वर्षहरूमा झंै चिनी आयात गरिरहेका व्यापारीहरूले विदेशमा सस्तोमा पाइएका बेला ठूलो मात्रामा आयात गरिराख्ने र चाडबाडका बेला ह्वात्तै भाउ बढाएर बेच्ने दाउमा हुन्छन् । सरकारले सकेसम्म अब बाह्य मुलुकबाट चिनी किन्ने निर्णय नगरिदिए हुन्थ्यो र किन्ने नै भए पनि निश्चित कोटामात्र खरिद गरिदिए हुन्थ्यो भन्ने अभिलाषामा छन् । यसको ठिक विपरीत यहाँका उद्योगी भने बाहिरबाट ल्याउन रोकी यहीं थन्किएका नेपालकै चिनीलाई महँगो मूल्यमा विगतझैं बेच्ने लबिङ गरिरहेका छन् । रैथाने चिनी उद्योगी र चिनी आयात गर्ने व्यापारीहरू दुबैका स्वार्थ डरलाग्दा तवरले जेलिएका छन् । चिनी आयात गर्न कोटा निर्धारण हुनुपूर्व सरकारले कम्तीमा एउटा निश्चित मूल्य तय गर्नुपथ्र्यो । मूल्य तोकिदिँदा चिनी उद्योगी तथा निजी व्यापारी दुवै पक्षलाई अंकुश लाग्थ्यो र बाध्य भएर कम नाफामा जनतालाई बेच्नै पथ्र्यो । जनताले सहुलियत मूल्यमा चिनी खरिद गर्न सक्थे ।
– श्यामसुन्दर कुइँकेल, हाँडीगाउँ, काठमाडौं

प्रकाशित : आश्विन ४, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?