३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

न्यायाधीशको कुर्सी मोह

काठमाडौँ — प्रधानन्यायाधीशमा सिफारिस भई संसदीय सुनवाइ समितिले अयोग्य भनी फर्काएका न्यायाधीशको पद मोहले सरकारी कार्यालयमा हुने बेथितिको उजागर गरेको छ ।

न्यायाधीशको कुर्सी मोह

जागिरे जीवनको अन्तिम समय उच्चपदमा पुग्नैलाग्दा संसदीय सुनवाइ समितिले अस्वीकार गरिसक्दा समेत अलिकति पनि संकोच नमानीकन पुन: पुरानै पदमा काम गर्न लालायित देख्दा वास्तवमै हाम्रो न्यायालयमा के छ, चासोको विषय बनेको छ । संसद्ले अयोग्य भनेर फर्काएका व्यक्तिले गरेका फैसला स्वीकारेर दण्डित भएकाले अहिलेको अवस्थामा के महसुस गर्ने ? उनीहरूले ती फैसला विरुद्ध पुनरावेदन गर्ने कि नगर्ने ? एउटा व्यक्ति न्यायाधीश बन्न योग्य हुने र त्यही व्यक्ति प्रधानन्यायाधीश बन्न अयोग्य हुने ? फेरि प्रधानन्यायाधीश बन्न अयोग्य, न्यायाधीशका रूपमा काम गरिरहन पाउने ? आम मानिसलाई बुझ्न कठिन भइरहेको छ ।
– रामकृष्ण बराल, जोरपाटी–२, काठमाडौं

प्रकाशित : आश्विन ४, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?