१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

ओलीका कुन सपना पूरा भए ?

काठमाडौँ — प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको पछिल्लो समय राष्ट्रियताप्रतिको ढृढ अडान, दृष्टिकोण तथा समृद्धिको सपना सबैको आशाको ‘इपिसेन्टर’ बनेको थियो ।

ओलीका कुन सपना पूरा भए ?

आफ्ना अविश्वासिला एजेन्डा र उदेकलाग्दा सपना जनतामाझ राखेकै कारण आज उनी राष्ट्रकै सर्वोच्च वरियतामा विराजमान छन् । अचेल उनका कुनै पनि सपनामा खासै प्रगति देखिँदैन । सबै सपना ओलीको बोलीमा मात्र सीमित भए र हुनेछन् । हास्यव्यंग्य भाषण शैलीमा सपनाको व्याख्यान गर्न माहिर ओलीले आफ्ना सबै सपना किन बिर्से ? प्रश्न अनुत्तरित छ तर गम्भीर छ । आखिरमा ओलीको यी लोकप्रिय सपनामध्ये कुन पूरा भएको छ ? जनता जान्न चाहन्छन् ।
१. हरेक नेपालीको घरमा ग्यासको पाइप लाइन
२. काठमाडौंमा मेट्रो ट्रेन सञ्चालन
३. नेपाली नदीमै नेपाल लेखेको पानीजहाज
४. हावाबाट बिजुली उत्पादन गर्ने
५. चीनलाई विद्युत बेच्ने
६. लोडसेडिङको विधिवत अन्त्य
७. तुइन विस्थापन
८. चीनसँगको पारवहन सन्धि
९. इन्धन भण्डारण
१०. आफ्नै पानीजहाज
११. आफ्नै पेट्रोलियम खानी
१२. फास्ट ट्रयाक नेपालले नै बनाउने
– ऋतिक यादव, सिम्रौनगढ–१०, बारा

प्रकाशित : आश्विन ४, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?