२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

प्रहरी साथी कि शत्रु

काठमाडौँ — अपराधीले प्रहरी देख्यो भने डराउँछ । तर अपराधबाट पीडितले तिनै प्रहरीलाई देख्यो भने खुसी हुन्छ र अन्यायबाट मुक्त हुने आस गर्छ । त्यसैले सरकारले ‘प्रहरी मेरो साथी’ उक्ति प्रचलनमा ल्याएको हो ।

प्रहरी साथी कि शत्रु

आजभोलिको प्रहरीको व्यवहारले यो कुरालाई पुष्टि गर्दैन । ३३ किलो सुनकाण्डमा होस् कि निर्मला पन्तको हत्या काण्डमा प्रहरी चुक्दै गइरहेको छ । अझ रहस्यमय कुरा त हरेक घटनाको पहिलो अनुसन्धान नै प्रहरीबाट सुुरु गर्नुपर्ने भइसकेको छ । किनकि प्रहरी संलग्न नभएको घटना कमैमात्र भेटिनु दुर्भाग्य हो । अझ पछिल्लो समय राजदूत केशवराज झा हत्या प्रकरणमा उनकै भान्से निर्दोष प्रमाणित भएका सानुकान्छा तामाङलाई हिरासतमा लिएर गम्भीर यातना दिएको समाचारले प्रहरीप्रति नागरिकले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याइदिएको छ । अन्तर्राष्ट्रिय कानुन अनुसार पनि हिरासतमा लिइसकेको व्यक्तिलाई यातना दिन पाइँदैन । यो नियमलाई पनि प्रहरीले पालना गरेको देखिएन । असोज १ गतेदेखि लागू भएको मुलुकी ऐन अनुसार हिरासतमा लिइसकेपछि यातना दिने अधिकारी नै सजायको भागिदार हुन्छन् । तसर्थ प्रहरीले आफ्नो छवि सुधारेर जनताको मन जित्न धेरै काम गर्नुपर्ने देखिन्छ । यसको लागि खराब प्रहरीलाई कारबाही गर्नु नै सुधारको पहिलो खुड्किलो हो ।
– पुरुषोत्तम घोरासैनी, बालाजु–१६, काठमाडौं

प्रकाशित : आश्विन ४, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?