कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भने इज्जत जाने, नभने नरहने

काठमाडौँ — पूर्ण बहुमतसाथ स्थानीय, प्रादेशिक र केन्द्रीय सरकारमा आसिन यो सरकारले विकास–निर्माण र जनचाहनालाई सम्बोधन गर्न नसकिरहेको सत्तापक्षबाटै आवाज उठ्न थालेको छ ।

भने इज्जत जाने, नभने नरहने

सरकार गठन भएको यतिका दिनसम्म औंलामा गन्न सकिने कुनै काम गर्नसकेको छैन । सम्झौता गरिएका काम लथालिङ्ग छन् । जनताले सरकारबाट कुनै राहत पाएका छैनन् । प्रादेशिक सरकार गठन गरेर कर्मचारी र नेतृत्व वर्गलाई तलब–भत्ता खुवाउनुलाई विकास र निर्माणका रूपमा लिन सकिन्न । असल सरकारले राज्यकोषको सञ्चय गरी देश र जनताको हितमा सदुपयोग गर्छ । देश चलाउन, कर्मचारी पाल्न करको दायरामा वृद्धि गर्नु सरकारको गौरवको नभई लाजको विषय हो । संघीयता देश र जनताको आवश्यकता होइन भनेर कुर्लनेहरूका लागि सरकारको यस्तो रवैयाले मलजल थप्ने काम गरिरहेको छ । जनतालाई ठूलठूला सपना पस्केको यो सरकारसँग जनताको अपेक्षा उच्च थियो र छ । काम गर्न समय लाग्छ भन्दै एकाध महिनामा बनाउन सकिने बाटोघाटो, खानेपानी, अराजकतालाई चुस्त–दुरुस्त रूपमा सम्पादन र नियन्त्रण नगर्नु सरकारको असफलता हो ।
– लक्ष्मीनारायण मिश्र, बुढानीलकण्ठ–८, काठमाडौं

प्रकाशित : आश्विन ४, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?