दन्तचिकित्सकको संख्या मिलेन

काठमाडौँ — असोज २ गते प्रकाशित ‘एक लाख बीस हजार जनालाई एक दन्तचिकित्सक’ समाचारमा नेपाल डेन्टल एसोसिएसनको ध्यानाकर्षण भएको छ । शीर्षकमा नै खण्डन गर्न चाहन्छौं ।

दन्तचिकित्सकको संख्या मिलेन

नेपालमा १ लाख २० हजारमा १ नभई १२ हजारमा १ दन्तचिकित्सक रहेको जानकारी गराउँछौं । अहिले पहिलाजस्तो लोकसेवा आयोगले दरबन्दी खुलाउँदा डाक्टरको आवेदनै नपर्ने अवस्था छैन । बरु उच्च प्रतिस्पर्धाबाट दन्त चिकित्सक सरकारी सेवामा कार्यरत छन् । र अझै दरबन्दी खुलाएमा देशको जुनसुकै कुनामा गएर सेवा दिन तत्पर छन् । नेपाल मेडिकल काउन्सिलको नियम अनुसार दन्त उपचार गर्न नेपाल मेडिकल काउन्सिलमा दर्ता हुन अनिवार्य हुन्छ । हो, दन्त सहायकको पनि आवश्यकता हुन्छ, तर उनीहरू दन्त चिकित्सकका सहयोगी हातमात्र हुन् । स्वतन्त्र रूपमा डाक्टरको अनुपस्थितिमा बिरामीको उपचार गर्न नियमसम्मत छैन । त्यसैले आजको आवश्यकता भनेको हरेक प्राथमिक स्वास्थ्य केन्द्रमा कम्तीमा १ जना दन्त चिकित्सक र १ जना दन्त प्राविधिकको दरबन्दी खुलाउनुपर्ने हा,े तर त्यस्तो कार्य हुनसकेको छैन ।
– डा. मनोज हुमागाईं, महासचिव, नेपाल डेन्टल एसोसिएसन

प्रकाशित : आश्विन ४, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?