१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दूरसञ्चारको ठगी

काठमाडौँ — मोबाइलमा रिङटोन सुविधा बेच्ने कम्पनीसँग मिलेर एकातिर उपभोक्तालाई करोडौँ रकम ठग्ने र अर्कोतिर गीतका स्रष्टा अर्थात् कलाकारका ‘कपीराइट रोयल्टी’ पनि ठगी गरिरहेको सबुद प्रमाण प्राप्त भएको छ ।

दूरसञ्चारको ठगी

ठगीका तरिका फरक छन् :
१. ग्राहकले मागेको टोन नदिएर हिन्दी या अन्य गीत जबर्जस्ती हालिदिने । त्यो हटाउन फेरि अर्को पैसा तिर्नुपर्ने । आफूले चाहेको नेपाली गीत माग्दा हिन्दी गीत घुसाउनुमा सांस्कृतिक अतिक्रमणको राजनीति छ कि लुटनीति मात्र ? नेपाली नै दिएमा पनि त्यो लुट हो ।
२. कम्पनीसँग कमिसन घुस खाएर कर्मचारीले यतिमात्र होइन, अनेक तरिकाले आजको गीत, बेस्ट गीत आदि टाइटल दिएर सिन्डिकेटमा ठगी भइरहेको छ । केही महिनाअघि काभ्रेको सिकुटेमा भएको स्रष्टाहरूको भेटघाटमा यस विषयमा कुरा उठेको थियो । रोयल्टीमा दूरसञ्चारको दोहोरो भ्रष्टाचार र ठगी विषय हामीले उठाउँदा सञ्चार सचिवले यसबारे जानकारी पाइसकेकाले तुरुन्त कारबाही गर्ने भाषण दिनुहुँदा कपीराइट रजिस्टार, सांस्कृतिक सचिव लगायत विभिन्न अधिकृत र स्रष्टा तथा उत्पादकहरू थियौँ ।
३. अहिले म स्वयम् यस्तै ठगीमा परेकाले सबुदसहित सञ्चारमन्त्रीसँग भ्रष्टाचारीलाई जेल सजाय र कम्पनीलाई ब्ल्याक लिस्ट गरी सदाका लागि अपराध रोकिदिन निवेदन गर्न चाहन्छु । सबुद (क) १४५५ बाट ३ र १६ सेप्टेम्बरमा आएको मेसेजमा तपार्इंले पहिलो नम्बर नामक गीत सुनिसकेको हुनुपर्छ । चाहेमा १ लेखेर जवाफ दिई उक्त टोन सेट गर्नुहोला । (ख) जवाफ दिएँ, १४५५ बाट दुई मेसेज आयो । एकमा सीआरबीटी मासिक सक्रियमा २५ रुपैयाँ पैसा ५४ कटाइयो म्याद एक महिना । दोस्रोमा सीआरबीटी टोन मासिक सक्रिय गरी १२ रुपैयाँ पैसा ७७ कटाइयो । (ग) तर छक्कापञ्जा तीनको पहिलो नम्बरको साटो बज्न थाल्यो हिन्दी गीत जिता था जिस्के लिए । (घ) संजोग हालको भाइरल प्रस्तावित गीतको रचनाकार म स्वयं र मलाई नै ठगियो । यता फोन सुन्नेहरू कराउँछन्, यत्रो गीतकार भएर हिन्दी गीतलाई बढावा दिने ? (ङ) १९७, १४९८ सबैमा फोन गर्दा कसैले पनि कहाँ सम्पर्क गर्ने पनि भन्न सकेनन् र वाक्क भएर यही हाल्न बाध्य बनाएका छन् । यदि भ्रष्टाचार रोक्न, स्रष्टा जोगाउन, ग्राहकलाई ठगी गर्न नदिन अख्तियार तयार छ र देशमा कानुन छ भने यस्तो क्रियाकलाप गर्नेहरूमाथि कारबाही हुनुपर्छ ।
– राजेन्द्र थापा, राष्ट्रिय गीतकार संघ, भक्तपुर

प्रकाशित : आश्विन ५, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?