१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

प्रशंसनीय कार्य

काठमाडौँ — ‘आत्मरक्षा सिक्दै किशोरी’ समाचार पढेपछि केही लेख्न बाध्य बनायो । किनकि पुरुष नामक विपरीत लिङ्गले महिलाहरूमाथि गर्न थालेका यौनजन्य हिंसाको चपेटाबाट आफूलाई सुरक्षित बनाउँदै प्रतिरक्षा गर्ने आशयसाथ चलाइएको तालिम तथा परामर्शका गतिविधि ढिला नगरी सुरु गर्नुपर्ने भन्ने आशय उठेका बेला नवलपरासी जिल्लाले अगुवाइ गरेको छ ।

प्रशंसनीय कार्य

हरेक आमाले छोराको रूपमा दिएको जन्म निरर्थक लाग्ने हिंस्रक वातावरण बन्नु र पुरुष हुनु नै कतै अपराधी हो कि झैं लाजले मुख छोप्दै र घिनले नाक थुन्दै बाँच्नुपर्ने हीनताको पराकाष्ठा नाघ्ने खालका बलात्कार यत्रतत्र दैनिक रूपमा छाइरहेका छन् । पुरुष वर्गले मच्चाएका यौनजन्य वितण्डारूपी बलात्कार, हिंसा र हत्याका समाचार नभएका आजभोलि दिन नै छैनन् । कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको हत्या भएको दुई महिना हुन लाग्दा पनि हत्यारा पत्ता लाग्न नसकेको सेरोफेरोमा रुमल्लिएर न्यायको तराजु स्थिर हुन काँपिरहेका बेला छोरीचेलीलाई प्रतिरक्षाका लागि सबल बनाउन सुरु गरिएको यो समाचार अनुकरणीय र प्रशंसनीय कार्य हो ।
– श्यामसुन्दर कुइँकेल, हाँडीगाउँ, काठमाडौं

प्रकाशित : आश्विन ५, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?