१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

काम नगर्ने सरकार

काठमाडौँ — दुई तिहाइ भए देशलाई कायापलट गरिन्छ भनी जनतालाई आश्वासन दिने अनि चुनाव जितेर सत्तामा पुगेपछि जनताका सामान्यभन्दा सामान्य आवश्यकता, शान्ति सुरक्षा, न्याय, सुशासन दिन नसक्ने सरकारले के गर्ला खै ? बोलेको कुरा पूरा नगर्ने कमजोर प्रतिपक्षलाई नानाथरी गाली गर्दै समय खेर फाल्ने सरकारी रवैया ठिक छैन ।

काम नगर्ने सरकार

आफ्ना कार्यकर्तालाई विपक्षीमाथि अरिंगालले झैँ जाइलाग्न निर्देशन दिने, विकासको नाममा माखो नमार्ने सरकार के काम हामीलाई ?
– खगेश्वर पन्थ, गोङ्गबु, काठमाडौं

राज्यमा अपराध र बलात्कारका घटना भइरन्छन् । सत्तासीनहरू यसलाई सरकार विरुद्धको षड्यन्त्र देख्छन् । देशी/विदेशी प्रतिक्रियावादीले पार्टी र सरकारमाथि आक्रमण गरे, अरिङ्गाल बनेर प्रतिवाद गर्न प्रधानमन्त्री आफ्ना कार्यकर्तालाई निर्देशन दिन्छन् । दुई तिहाइको समर्थन, तीन–तीन सुरक्षा निकाय, बलियो पार्टी संगठन हुँदा पनि सरकारले सोचे अनुसार नत विकास निर्माण गर्नसकेको छ, न आम जनतालाई न्याय दिन । निर्मला हत्या प्रकरणमा अपराधी पक्राउ गर्नभन्दा पनि अपराधीलाई बचाउन सरकार प्रयत्नशील भएको आम नागरिकको बुझाइ छ । यसले सरकार नालायक त बन्छ नै, कानुनी राज्यको उपहास पनि हुन्छ । यस्तै रहे आपराधिक क्रियाकलाप अझ बढ्दै जानेछन् । मानव विकास सूचाङ्कमा नेपालको स्तर अझ तल झर्दै जानेछ । स्थानीय, प्रदेश र संघीय ३ वटा सरकार छन् । तर पनि जनता लाभान्वित हुन सकेनन् । चुनावताका सिंहदरबार घर–घरमा पुग्छ भन्थे । विकास भनेको के हो, त्यो त परको कुरा चुनावपछि आफ्नो जनप्रतिनिधिको अनुहार पनि देख्न नपाएका जनताले आफ्नै ज्यानको सुरक्षा र न्यायका लागि आन्दोलित बन्नुपर्ने अवस्था आएको छ । खै कसले चलाएको छ, सरकार ?
– जोन कँडेल, भरतपुर–४, चितवन

प्रकाशित : आश्विन ५, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?