कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

फुटपाथे व्यापारको व्यवस्थापन

काठमाडौँ — गुजारा चलाउन सडकपेटीमा सामान बिक्री गर्दा पेटीमा यात्रा गर्नेहरूलाई अवरोध हुन्छ भनेर नै होला, काठमाडौँ महानगरपालिकाका नगर प्रहरीहरूले त्यस्ता व्यापारीहरूलाई धरपकट गरेको या लखेटेको देखिन्छ । नगर प्रहरी या तिनको गाडी देख्ने बित्तिकै उनीहरूबीच भागाभाग सुरु हुन्छ ।

फुटपाथे व्यापारको व्यवस्थापन

सडकमा बेच्न राखेका सामान समेट्दा–समेट्दै गाडी सहितको प्रहरी आइपुगे ती सामान लुछेर प्रहरीले गाडीभित्र फालिदिन्छन् । सायद कति सामान फुट्दा पनि हुन् । तर नगर प्रहरीले उनीहरूलाई पक्रेर कार्यालय लगी केही जरिवाना या नजराना चढाएर छाडिदिन्छ । फेरि सडकमै फर्किनु र आफ्नो व्यवसाय जारी राख्नु उनीहरूको बाध्यता भएकाले लुकामारी चलिरहेको देखिन्छ ।

अहिले दसंै नजिक आइरहेको छ । दसंैको मुखमा देखिएका दृश्यहरूले उदेक तुल्याउने गर्छन् । वीर अस्पताल अघिल्तिर दसैँको खर्च टार्न काँध र पिठ्युँमा लत्ताकपडा, जुत्ता लगायत अन्य फुट्ने सामग्री बोकेर ग्राहकको खोजीमा सडकपेटीमा उभिनेहरूप्रति प्रहरीहरूका व्यवहारले मन उद्विग्न बनाउँछ । ऋण काढेर या उधारोमा खरिद गरिएका सामान फुटपाथमा बिक्री गरी जीवन निर्वाह गर्नेहरू पनि आखिर राज्यकै नागरिक हुन् भने के तिनीहरूप्रति राज्यको दायित्व छैन ?

राजधानीमा अहिले ३० हजार फुटपाथे व्यापारी रहेको अनुमान गरिन्छ । भारतमा त यस्ता व्यापारीको संख्या १ करोड नाघेको छ । त्यहाँ तिनको व्यवस्थापन गर्न सन् २०१४ मा ऐन पारित भइसकेको छ । संसारका अन्य देशमा पनि फुटपाथे व्यापारीका लागि विशेष व्यवस्थापन गरिएको छ । वीर अस्पताल वरिपरिका फुटपाथमा अझै खैनी, चुरोट, गुट्खाजस्ता वस्तु खुल्ला रूपमा बिक्री हुनु विडम्बना बनेको छ । सकभर पैदलयात्रीलाई असर नपर्नेगरी फुटपाथमा सामान बिक्री गरी जीवन निर्वाह गर्नेहरूका निम्ति सरकार र नगरपालिकाले समन्वय गरी ऐन बनाउनु आवश्यक छ ।
– डा. ढुण्डीराज पौडेल, वीर अस्पताल, काठमाडौँ

प्रकाशित : आश्विन ६, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?